लत्रिएको विद्युतले बसमा करेन्ट लाग्दा गाडी धनीको पनि मृत्यु

दाङ, २१ असार । लत्रिएको विद्युतले गुडिरहेको यात्रुबहाक बसमा करेन्ट लाग्दा गाडी धनी महेन्द्र वलीको पनि मृत्यु भएको छ ।
दाङबाट रोल्पा जाँदै गरेकोे रा १ ख ८३४ नम्बरको बसमा करेन्ट लाग्दा गम्भीर घाइते भएका गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका ६ राणागाँउ निवासी अञ्दाजी ३७ बर्षीय महेन्द्र ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नबराज केसीले बताए ।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । विहीबार विहान सवा १० बजेतिर कपुरकोट गाउँपालिका ३ चोरखोलामा करेन्ट लाग्दा बसमा सवार दुई वावु-छोराको बसको सिटमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका -४ निवासी ७० वर्षका बालाराम डाँगी र उनका छोरा ४५ बर्षीय टोपलाल डाँगी प्रहरीले बताएको छ । सडकमा लत्रिएको ११ हजार भोल्टेजको बिद्युतको तारले गाडीको पछाडीको भागमा छुदा करेन्ट लागेको प्रहरीले बताएको छ ।
👍