गुडिरहेको बसमा विद्युतकाे तारले छुदा बाबुछोराको मृत्यु

तुलसीपुर, २१ असार ।
दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रुबाहक बसमा विद्युतीय तारले छुदा करेन्ट लागेर वावु छोराको मृत्यु भएको छ । भने एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर-सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतिय तारमा रा १ ख ८३४ नम्बरको बसले छुँदा दुई जनाको मृत्यु भएको छ ।


रोल्पाको गंगादेव गाउँपालिका -४ निवासी ७० वर्षका बालाराम डाँगी र उहाँका छोरा ४५ वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

गाडी धनी सल्यानको छत्रेश्वरी गाउँपालिका -६ निवासी ३३ वर्षका महेन्द्र वली गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । बसमा २७ जना यात्रु सवार रहेका थिए ।