शेसुराम भण्डारी
चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपुर्ण निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टी उपाध्यक्ष कमरेड अग्नी सापकोटाको नेतृत्वमा २० सदस्यीय भ्रमण टोली कोशी प्रदेश बाट हर्क नेम्वाङ, मधेशबाट क. गणेश शाह, बागमतिबाट हितमान शाक्य, गण्डकीबाट क. आशाराम रोका(पवन), लुम्बिनीबाट क. शुदर्शन बराल, कर्णाली बाट क. लक्ष्मीकन्या बुढा शाही, सुदुरपश्चिमबाट क. टेकेन्द्र भट्ट, विशेषबाट क. केशव नेपाल, सम्पर्क समन्वयबाट डिलाराम आचार्य, प्रवास क. कुवेर वली, मजदुरबाट क. प्रकाश श्रेष्ठ, किसानबाट सेसुराम भण्डारी, वाईसिएलबाट क. सुबोध सेरपाईली, महिलाबाट गिता कँडेल, दलितबाट परसुराम रमतेल, जनजातिबाट आङ्दावा सेर्पा, मधिसेमोर्चाबाट जगत यादव र विद्यार्थीबाट गणेश मैनाली प्रधानमन्त्री सचिवालयबाट मनहरी शर्मासमेतको विस सदस्सीय टोली २०८०/०२/०५ दिउसो १२ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाईना एयरलाईन्सको विमान द्वाराचिनको छेन्दु तर्फ प्रस्थान गरियो करिव २ घण्टा ५० मिनेटमा छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो ।
विमान स्थलको अति विशिष्ट कक्षमा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका कमरेड सरला, बिजयहरूले स्वागत गरेका थिए । सोदिन हामी छेन्दु मै बस्यौ भोलीपल्ट बिहान स्थानिय समय अनुसार १०ः४० मा सीजेट ९५९९विमानबाट ल्हासा पुगियो विमान स्थलमा तिब्बत सरकार र पार्टी द्वारा स्वागत पछि डाउनटाउन सहरको होटल सांग्रिलामा पुगियो र दिउँसो १ः०० बजे दिउँसोको खाना पछि २ः१०मा ल्हासाका लागि नेपालीमहा वाणिज्य दुतनवराज ढकालद्वारा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागि भयौ सो अवसरमा महामहिम नेपाली राजदुत बिष्णुपुकार श्रेष्ठको पनि उपस्थिति थियो । ल्हासाको उचाई ३५७१ मिटर रहेको र अक्सिजनको कमि महसुस भएको थियो । वि.सं. १६४२ मा दौउत्य संम्बन्ध भएको र १९५६ मा कन्सुलियर जनरलको कार्यालय स्थापना भएको जानकारी पाईयो । होटल सांग्रिलामा फर्कियो । क.वाङ जुनज्याङद्वारा आयोजना गरिएको रात्रि भोजमा सहभागि भयौं र होटल सांग्रिलामा बास बसियो । २१ मे बिहान ५ बजे चेकआउट साथै कुन्सा एयरपोर्ट प्रस्थान ७ः३० बजे टिभी ९९४३ उडानद्वारा कुन्सा पाली एयरपोर्ट ९ः३०मा अवतरण गरियो । त्याहाका मेयरद्वारा स्वागत पछि १० बजे Taerqin टाउन तर्फ प्रस्थान ग¥यौं १ः०० बजे खाना खाएर हामी १०ः४० मा पवित्र धाम कैलाश पर्वत तर्फ प्रस्थान ग¥यौं कैलाश पर्वत र मानोसरोवरको अवलोकन पछि त्यहाँको अवलोकन दर्शन पछि हामी Pulan county को Yin cheng होटल तर्फ प्रस्थान ग¥यौं र त्यहि बास बस्यौं। त्यो दिन म र केही साथिहरूलाई बढि नै अक्सिजनको कमि भएको थियो । २२ मे का दिन बिहान ब्रेकफाष्ट पछि सिमा बजार ताक्ला कोट नजिक जहाँ नेपाली ब्यापारीहरू १२९ जनाले ब्यापार गर्छन् त्यो क्षेत्र चाईना भारतको लडाईमा सन् १९६२मा नेपाली भुमि चिनमा रहेको देखिन्छ ।
गरिबी निवारणका आयोजनाहरुको अवलोकन गरियो । सीपिसीले १८ औं महाधिवेशनले गरिबी निवारण गर्ने निति अघिसारे पछि २० हजार जना ब्यक्तिलाई खटाएको रहेछ। आजसम्म ८ करोड नागरिकलाई गरिबीको रेखामाथि ल्याएको तथ्य पेश गरेका थिए । त्यहि ठाउँमा गरिबी निवनणमा टेवा पुग्ने गरि वा जौ बाट राज्यको सहयोगबाट किसान समूहले बिस्कुट फ्याक्ट्रि बनाएका रहेछन् । त्यसबाट वार्षिक १० लाख यू आन समुहलाई आम्दानी हुदो रहेछ । १२ः३० मा होटल Yincheng चेकआउट गरि दिउँसोको खाना खाएर हामी shiquan River Twon अवलोकन पछि अलि होटलमा पुग्यौं। त्यहाँ commissioner of Ngari prefecture Mr dan ba द्वारारात्री भोजको आयोजना गरिएको थियो । वातावरण निकै उत्साह जनक थियो तर अक्सिजनको कमि भएको महसुस गरिएको थियो । भोजको अवसरमा दुवै तर्फका नेताहरूबिच सौहार्दपूर्ण राजनितिक एवं सांस्कृतिक माहौल बनिरहेको थियो । तिब्बतको मेडिकल टिम र क. जिपि मैनालीले मलाई चेकअपको लागि हस्पिटल लगेका थिए । रातमा अडफिल भएपछि क. सुबोध सेरपाईली मेरो कोठमा सुतेका थिए । २३ मे बिहान ७ः३० बजे अलि होटल चेक आउट र ब्रेकफाष्ट पछि ल्हासाको लागि हामी कुन्सा एयरपोर्ट प्रथान ग¥यौं । १०ः४०मा फ्लाइट टिभी ९८०८ बाट हामी १२ः३५ मा ल्हासागंगा एयरपोर्टमा अवतरण गरि पुनः सांग्रिला होटलमा खाना खाएर सिपिसि तिब्बतको पार्टी स्कुलमा पुग्यौं ।
त्यहाँ सिपिसी तिब्बतका स्कूलको सिकाईमा एक वर्षमा ४० वटा कक्षा सञ्चालन गर्दछ । एउटा कक्षामा ८० जनालाई सुविधाजनक रूपमा राख्न सकिन्छ । यो कक्षा ३२२ वर्ग मिटरमा फैलिएको छ । देशको नक्सा,जनसंख्या,उत्पादन, वार्षिक आय चिनियाँ विशेषताको समाजवाद गरिबी निवारण र समृद्धि आदि विषयमा छलफल भएको थियो। आर्थिक परशिक्षक र श्रोत व्यक्ति को व्यवस्था र अनुगमन पनि विभागीय काममा पर्दा रहेछन् । कुनै पनि व्यवसायलाई पलायन हुन न दिने उनीहरूको नितिमा पर्दाे रहेछ । पार्टी सदस्य र जनता एकभएर गरिबी निवारणमा लागेको देखियो । त्यस पछि पुरानो पार्टी कार्यालयमा रहेको म्यूजियमको अवलोकन गरि होटल सांग्रिला गयौं ।
२४ मे का दिन, बिहान लगेज चेक आउट र ब्रेक फाष्ट पछि हामी सरङचङ गम्पो ले १३ सय वर्ष अगाडी निर्माण गरेको पोटला दरबार अवलोकन गरियो । त्यहाँ उनीहरूले नेपाली महिला भृकुटी रानी भएको नेपाल तिब्बत बिचको सम्बन्ध प्रगाड भएको कुरा पनि बताएका थिए । डिसेम्बर १९९४ मा यूनिस्कोले विश्व साँस्कृतिक सम्पदा सुचिमा पोटला दरबारलाई राखेको थियो । त्यस पछि हामी तिब्बतको अर्काे सांस्कृतिक धरोहर Jokhang tempal यो पनि सरङचङ गम्पोले नै बनाएका थिए । यो मन्दिरलाई शाक्यमुनी बौद्ध मन्दिर पनि भनीदो रहेछ मन्दिरमा हजारौं भक्तजनहरुले दर्शन गर्दा रहेछन् । यो मन्दिर पनि विश्व सांस्कृतिक सम्पदा सुचिमा अभिलेखिकरण भएको छ ।
९लाख मानिसको बसोबास रहेको ल्हासा सहरलाई पवित्र भुमि पनि भन्दा रहेछन् । ल्हासामा ३० हजार वर्ग किलो मिटर क्षेत्रफल रहेको छ । ३ हजार घण्टा घामको आनन्द लिने यो शहरलाई सनलाईन सिटि पनि भनिदो रहेछ । १३ सय वर्ष पुरानो ईतिहास भएको तिब्बत चिनको पाँच वटा जातिय स्वशासित क्षेत्र मध्य एक हो। चिनको भुगोल मध्य १.२मिलियन वर्गकिलो मिटर ओगटेको छ । हामी तिब्बत ४ दिनको अवलोकन पछि हामी १२ः५०मा सीए ४१२५को फलाईट द्वारा बेईजिङ प्रस्थान ग¥यौं । स्थानिय समय अनुसार ४ः४० बेईजिङ अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गर्दा चिनकालागि महामहिम राजदुत बिष्णुपुकार श्रेष्ठ र सीपिसीका कमरेडहरूले बिमान स्थलको बिशिष्ट कक्षमा स्वागत गरेका थिए ।
ततःपश्चात नेपाली दुताबासमा गयौं। त्यहाँ पनि दुताबासमा महामहिम राजदुत र कर्मचारीहरूबाट स्वागत भयो सो अवसरमा चिनमा उपचारमा रहेका हाम्रो पार्टीका उपमहा–सचिव कमरेड वर्षमान पुनसंग भेट हुनेकुरा थियो । डाक्टरले अनुमति न दिएकाले संभव भएन तर पूर्व सभामुख कमरेड ओनसरीको गरिमय उपस्थिति रहेको थियो । नेपाली डिनर पछि हामी करिब ९ बजे Wanshou होटलमा चेकईन भयौं । २५ मे बिहान ब्रेकफास्ट पछि हामी सीपिसी अन्तर्राष्ट्रिय विभागको केन्द्रिय कार्यालय मा ९ बजे पुगेका थियौं । कार्यक्रमको आयोजक डाईरेक्टर जनरल Of Bureau for south Asian Affairs ID cpc द्वारा स्वागत तथा सिस्टाचार कुराकानी भएको थियो । १०ः३० मा मिटिङ मा Liu jianchao Minister of International Department Cpc केन्द्रिय कमिटि र hold the दिवा भोज पछि विषयगत रूपमा चिनियाँ बिषेशताको समाजवाद, गरिबी निवारण र समृद्धि सीपिसीको १८,१९, र २०औं महाधिवेशनका निर्णयहरू अन्तर्राष्ट्रिय जगतमा आएका तरंगहरू अशल छिमेकीको रूपमा नेपाललाई हेर्ने दृष्टिकोण राजनितिक र सामाजिक स्थायित्व, आर्थिक विकास, जातिय एकता, धार्मिक सद्भाव, बलियोसिमा शुरक्षा र जनताको समृद्ध जिवन, माक्र्सवाद, लेलिनवाद, माओबिचारको विकसित रूप नै सिचिनपिङ विचारधारा हो भन्ने कुरा राख्नु भयो ।
यसैबिचमा हाम्रो भ्रमण दलका नेता कमरेड अग्नी सापकोटा बिचमा पनि आपसिहितका बिषयमा वान टु वान कुरा भए पछि हाम्रो दुई कम्युनिष्ट पार्टीको समान धारणा रहेको कुरा मिडियाको उपस्थितिमा राख्दै बिदा भएर १ः०० बजे हामी होटल Wanshou मा फर्कियौं । २ः३० बजे देखि चिनियाँ आधुनिकिकरणको अनुसन्धान केन्द्रका उपनिर्देशक पोरफ्रेसर Huang kun ले विकाशिल देशहरूको आधुनिकिकरणको मार्गमा चिनियाँ आधुनिकिकरणको ज्ञानको बिषय सम्बन्धि गोष्ठि,सीपिसीको केन्द्रिय पार्टी स्कूल विभागको कार्यक्रममा ३ घण्टा ३० मिनेट ब्याख्या गरेका थिए। चिनको विकासमा सोबियत रुस र अमेरिकन प्रविधिहरू भित्राएपछि मात्र हामी अगाडि बडेका थियौं । सोबियत संघको विघटन पछि हामीलाई केहि चिन्ता भएको थियो । हामी हाम्रो आफ्नै अध्यनले हामी आत्मनिर्भर भयौं। आज चिनलाई हेर्न विश्वभरिबाट पर्यटकहरू आँउदैछन् । जनताको सन्तुष्टि छ । पेशा व्यवसायबाट कोहि पनी पलायन भएको छैन । मुख्य कुरा चिनियाँ जनताको एकता छ । चिनियाँ विशेषताको समाजवाद गरिबी निवारण र जनताको समृद्ध जिवनको लागि समयसिमा तोकेरै हामी अगाडि बढेका छौं । उनको भनाई थियो ।
६ः०० बजे डिनर खाएर आराम ग¥यौं । २६ मे बिहान ब्रेकफाष्ट पछि ९ः३० बजे हामी ग्रेटवाल अवलोकनकोलागि त्यस तर्फ लाग्यौं शुन्दर, हरियाली र मनमोहक परिदृष्य हेर्दै ग्रेट वालपरिसर पुग्यौं समयसिमा कम भएकाले थोरै समयमा केहि अंशको अवलोकन गरि लन्चकोलागि होटल फक्र्याैं। खाना खाएर २ः०० बजे सीपिसीको म्यायूजियममा पुग्यौं त्यहाँ चिनको प्राचिन सभ्यता जनअधिकारको संघर्ष दिर्घकालिन जनयूद्धःबिजय र पुनःनिर्माण, आजको चिन र भोलीको सपना समेत चित्रकला मूर्तिकला र पुरा भिडियो समेत अवलोकन–अध्यन गरियो । साँझ होटलमा फर्केर डिनर खाएर आराम गरियो । २७मे का दिन बिहान ८ बजे ब्रेकफाष्ट पछि त्यानम्यान स्क्रवायर अध्यक्ष कमरेड माओजेत्दुङ मेमोरियल हल उनको समाधिमा श्रद्धाञ्जली अर्पण गरियो । होटल फर्केर लन्च खाएर दिउँसोको सेमिनारको बिषय वस्तु अगाडि आईसकेकोले स्थकन गरि मार्केटिङको लागि चिनियाँ साथिहरू, सुमन बुढाथोकी र क. हितमान शाक्य कि छोरी समेतको सहयोगमा किनमेल गरि होटल फर्कियौं । २८ मे बिहान ६ः३० मा होटल चेकआउट र ब्रेकफाष्ट पछि ७ः३० बजे बेईजिङ एयरपोर्ट प्रस्थान गरियो । ९ः३५ मा सीए १९२३ को जहाजबाट वुहान प्रान्तको सियान शहर प्रस्थान ग¥यौं ।
११ः३०मा सियान शहरको Wudang mountain Airport मा अवतरण पछि वाई बस २५ मिनेटमा Argyle grand Hotal मा १२ः१० मा स्वागत सहित संयुक्त रूपमा दिवा भोजमा सहभागि भयौं। दिउँसोको खाना पछि Dong feng कमर्सियल गाडि कम्पनीमा अनुभवको लागि त्यहाँ पुगेर अवलोकन गरि त्यस पछि बसबाट ७० मिनटमा बैजनीसोर्ग Wudang mountain मा पुगेर प्राचिन ताओधर्मको उद्गम स्थल धर्मगुरू लाओत्सेले ज्ञान प्राप्त गरेको बैजनी सोर्गको दरवारको अवलोकन साथै युवा/युवतिद्वारा प्रदर्शन गरिएको ताई चि कम्फु पनि अवलोकन गरी होटल फर्केर चेकईन पछि संयुक्त रूपमा रात्री भोजमा सहभागि भयौं । रात्री आराम पछि २९ मे बिहान ८ बजे ब्रेकफाष्ट पछि ८ः३० बजे दनजियनकौ शहरमा दुई माउटेन रूपान्त्रण केद्रमा पुग्यौं । ३० मिनेटको अवलोकन पछि हुज्यालिङ कारखानाको २० मिनेट अवलोकन पछि हामी नङ्फु स्प्रिङ फ्याक्ट्रिमा चनियाँ आधुनिकिकरण सम्बन्धमा विस्तृत अध्यन पछि अन्तर्राष्ट्रिय होटल हाङदान काईरुई मा १२ बजे खाना खाएर हानदाङ पोर्टपियरमा प्रस्थान गरियो सामान्य अवलोकन पछि अध्यक्ष माओद्वारा दक्षिण बगेको नदिलाई उत्तर फर्काएर बाँधिएको बाधको पानी जहाजबाट अवलोकन गरियो । त्यस पछि वाईबस उच्च गति रेलवय स्टेसन तर्फ लागियो। उच्च गतिको रेलबाट वुहान शहर तर्फ प्रस्थान गरियो । करिव दुई घण्टामा गन्तब्यमा पुगियो ।
साँझ ६ः३०मा नानसाई मुलान हालमा चेकईन पछि डिनर खाएर सैद्धान्तिक कार्यक्रमको बारेमा ब्रिफिङको लागि ह्वाङघेहँलको सम्मेलन केन्द्रमा औपचारिक कार्यक्रममा विभिन्न देशका कम्यूनिष्ट पार्टीका नेताहरूले भाग लिएका थिए । हाम्रो पार्टीको तर्फबाट क. गणेश शाहले सम्बोधन गरेका थिए । कार्यक्रमको समापन पछि होटेल फर्कियौं । रात्री आराम पछि ३० मे ७ः३० मा ब्रेकफास्ट पछि ८ः०५मा नानसाईसुयो होङगु हाँलमा सीपिसी सीसी अन्तर्राष्ट्रिय विभाग उपमंन्त्री गुओएझौऊसंग भेटघाट र आपसि विषयमा विचार बिमर्र्श भएको थियो । एलो टावर कला संस्कृतिको अवलोकनकोलागि त्यस तर्फ लाग्यौं। अवलोकन पछि विज्ञान र प्रविधि विश्वविद्यालय हवाजंङमा गई यन्त्र प्रविधि, प्रयोगशाला, मेडिकल ल्याव, उपकरणहरू विद्युतिय गाडिहरू सबै प्रविधि सम्बन्धि सबैको अवलोकन गरियो । दिउँसो होटलमा पुगि लन्च गरियो । ३ः०० बजेबईलु हाँलमा प्रस्थान गरियो । त्यहाँ चिनियाँ प्रतिनिधि मंडलका प्रमुख Ting Tao ErHao र नेपाली प्रतिनिधि मंडलका नेता क. अग्नी सापकोटा लगायत अन्य देशका प्रतिनिधि दोभाषेहरूसमेतको उपस्थितिमा protocol Meeting अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको थियो।
चिनियाँ विशेषताको समाजवाद गरिबी निवारण र समृद्धि भौतिक विकास सम्बन्धमा अन्य कम्युनिष्ट पार्टीका साथै हाम्रो पार्टीको तर्फबाट पार्टी उपाध्यक्ष कमरेड अग्नी प्र. सापकोटाले सम्बोधन गरेका थिए । त्यसपछि हामी Yangtze Cruise मा साँझको डिनरको लागि नदिकिनारमा जहाजमा खाना र लाईटिङको आनन्द लिने र फोटो सो गर्ने काम भयो । ८ः०० बजे होटेल फर्कियौं । रातिको आराम पछि ३१ मे बिहान ८ः००बजे ब्रेकफाष्ट पछि Wuhan सिटि पलानिङ एक्जिविसन हालमा पुगियो र अवलोकन गरियो । होटल फर्कियौं । Hubei provincial Museum को अवलोकन पछि साँझ होटलमा फर्कियौं । १ जुन बिहान ८ः०० बजे लगेज आउट र ब्रेकफाष्ट संगै भयो । ९बजे ओसिटी पार्क,Luoyan,ताल तलैयाले घेरिएका रमणीय पार्कहरू रामसार महासन्धिमा प्रवेशको ३०औं वार्षिक उत्सव मनाउने प्रदर्शनीको पनि अवलोकन भएको थियो। दिउँसोको खाना पछि अपराहन्न १ बजे हुवेय एपोर्टको लागि प्रथान गरियो । ३ः३०मा फ्लाईट सीजेट ८७२७ बाट गोन्जाव प्रस्थान गरियो ।
गोन्जावमा दुई घण्टाको टान्जिटपछि काठमाण्डौको लागि प्रस्थान गरियो । नेपाली समय अनुसार रात्री ११ः३०मा काठमाण्डौ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो । कुशल र अनुभवि नेतृृत्व, सक्षम तथा योग्य भ्रमण दलका सदस्य कमरेडहरू हामीलाई गाईड तथा भाषा शेयर गर्ने चिनियाँ कम्यूनिष्ट पार्टी विदेश विभागका कमरेडहरूको भ्रमण कला कौशलताले १४ दिनसम्म कुनै प्रकारको पट्यारको अनुभूति भएन बरू भ्रमणलाई रमाईलो रोचक उपलब्धि मुलक ज्ञान बर्धक रोमान्टिक बनाउन सबै कमरेडहरूको समान योगदान रहेको थियो । चिन प्रशान्त महासागरको पश्चिमी किनारमा पूर्वी एसियामा अवस्थित चिनको क्षेत्रफल ९.६मिलियन वर्ग किलोमिटर छ ।
चिनको सिमाना पूर्वमा कोरिया, उत्तरमा मंगोलिया, उत्तरपूर्वमा रसिया, उत्तरपश्चिममा काजकिष्स्थान, कार्गिस्थान, ताजिकस्थान, पश्चिममा अपगानिस्तान, पाकिस्तान, ईण्डिया, नेपाल र भुटान दक्षिणमा म्यानमार, भियतनाम र लावस गरि १४ देशमा जोडिएको छ । चिनको भू–भाग पश्चिममा उच्च छ र पूर्वमा झरेको छ वेशि र मैदानहरूले देशको भूमि सतहको लगभग ३३५ओगटेको छ । पश्चिम चिनमा अवस्थित छिङहाई तिब्बत पठार विश्वको सबै भन्दा अग्लो पठार हो । जहा विश्वको सर्वाेच्च शिखर चोमोलुङमा समुन्द्र सतहबाट ८८४८ मि उचाईमा छ । याङत्जे नदि ६३०० किलो मिटर लामो छ । यो नदि संसारको सबैभन्दा लामो नदि हो । पहेलो नदि चिनको दोस्रो ठुलो नदि हो । देशका धेरै जसो भागहरू उत्तरी शमसितोसन् क्षेत्रमा पर्दछन् र चार फरक मौसमहरू रहेको महादिपिय मनसुन, मौसम रहेको छ । वर्षा दक्षिणपूर्वबाट उत्तरपश्चिममा घट्छ । दक्षिणपूर्वी तटहरूमा प्रतिवर्ष १५सयमिलि लिटर भन्दा बढिको औसतमा उत्तरपूर्वी भित्रि भू–भागमा प्रतिवर्ष २००मिलि लिटर भन्दा कम हुन्छ ।
५०००वर्ष बढि रेर्डगरिएको ईतिहासको साथै चिन संसारको सबैभन्दा पुरानो सभ्यता मध्य एक हो। २२१ ईसापूर्वमा किन सि हुवाङले एकताबद्ध गरे र २३००वर्ष भन्दाबढि साम्रज्यसाशनको सुरूवात गर्दै पहिलो सम्राट बने । १९११ मा सनयातसेनको नेतृत्वमा गणतन्त्र स्थापना भएको थियो। युयान साङ्काईको गलत नियतले सामन्तवाद संगमिलि पुनः राजतन्त्रको स्थामना गरे। अक्टुवर १ १९४९ मा जनवादिगणतन्त्र चिन–पिआरसीको स्थापना भयो ।यसको राजधानी बेईजिङ हो। चिनमा २३ प्रान्त, ५स्वात्त क्षेत्र,४ नगरपालिका र २ विशेष प्रसाशनिक क्षेत्र छन् २०२१ सम्म यसको जनसंख्या १.४४३विलियन छ। देशमा ५६ जातिय समूहहरू छन् ।
हाल जाति कुल जनसंख्याको ९०प्रतिशत छ । चिनले धार्मिक स्वतन्त्रतालाई अनुमति दिन्छ र प्रमुख धर्महरूमा बौद्ध, ताओधर्म, ईस्लाम, क्याथोलिक, ईसाई, धर्म समावेश छन्। २०२२ मा चिनको जि डि पि लगभग १२१.०२ Trillion RMB थियो र यसको आयात र निर्यातको कुलमूल्य US $6Trllion थियो। चिनियाँ कम्युनिष्ट पार्टी सीपिसी सत्तारुढ दल हो । सि जिन फिङ चिनका वर्तमान राष्ट्रपति र लि छयाङ प्रधान मन्त्री हुन् ।
भ्रमणबाट प्राप्त अनुभूतिः–
१.चिनियाँ कम्यूनिष्ट पार्टीले आफ्नो वर्ग आधार मजदुर र किसानलाई नै केन्द्रमा राखेको देखियो वर्ग पक्षधरता मा जोड दिएको ।
२.जनवादी केन्द्रियतालाई कडाईका साथ लागु गरेको पाईयो।
३.प्रान्तिय समितिहरूलाई अधिकार सम्पन्न भएको देखियो।
४. सि चिनफिङको निजि सम्पतिको लोभ गर्ने मानिस कम्यूनिष्ट हुन सक्दैन भन्ने भनाई व्यवहारमा नै लागु भएको अनुभूति भयो । पार्टी कमिटीहरू सानो तर विभागीय कामलाई काम काजि बनाएको देखियो । विभागीय काममा धेरै युवाशक्ति समेटेको देखियो ।
५.गरिबी निवारणलाई पहिलो सुचिमा राखि ९वर्षमा ८ करोड परिवारलाई गरिबी निवारण गरेको देखियो। बाँकिलाई समय सिमा तोकेर अगाडि बढेको देखियो।
६.जनस्वाश्थ्य, सरसफाई, जेष्टता, सेवाभाव, नम्रता, भष्टचार रहित समाज र आचरणका हिसाबले दिक्षित हुन चिन भ्रमण महाविद्यालय नै रहेयो।
७.विश्व कम्युनिष्ट विकासको केन्द्र चिन बन्ने कुरामा बिमति देखिएन ।
८. चिनियाँ विशेषताको समाजवाद आग्रह पूर्वाग्राह बिना मानवजातिको सुख समृद्धिको लागि मानवजातिले विकास गरेका ऐतिहाँसिक, पुरातात्विक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा राजनितिक स्थायित्व, आर्थिक विकास, जातिय एकता, धार्मिक सद्भाव, बलियो सिमा सुरक्षा र जनताको सन्तुष्ट जिवन ।
९. माक्र्सवाद लेनिनवाद माओ जे दुङ बिचारधाराको विकसित रूप नै सि चिन फिङ विचारधारा हो भन्ने उनीहरूको भनाई रह्यो ।
चिनले माथिका उपलब्धिहरू कसरी प्राप्त ग¥यो भन्ने बिषयमा हाम्रो सिकाई के हुने?
१. चिनमा जमिन ब्यक्तिको हुदैन सबै राज्यको भएकाले जमिनको उपयोग राज्यको योजनामा हुन्छ उत्पादन शिल क्षेत्र, ओद्योगिक क्षेत्र, आवास र पर्यावरणीय क्षेत्रको भरपुर उपयोग ।
२. निजि सम्पतिको लोभ नभएका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता, अनुशासित दस्ता ब्यक्तिको होईन विधिको शासन,अधिकारको प्रत्यायोजन श्रउत्तरदायित्व
३.समयको पालना श्रममा विश्वास राजनिति कमाउन होईन सेवाको माध्यम मात्र हुनु पर्दछ ।
हाम्रो सिकाईलाई हाम्रो पार्टी र हाम्रो देशको उन्नति र प्रगतिको पक्षमा काम गर्न सक्नु पर्दछ । अन्यथा हाम्रो सिकाई र भोगाईको अनर्थ हुन जान्छ। निजि सम्पति कमाउन राजनितिमा लाग्नु पर्दैन ? बरु उद्योग, ब्यापार, जागिरमा लाग्न सकिन्छ । (लेखकः केन्द्रिय सल्लाहकार समिति सदस्य नेपाल कम्यूनिष्ट पार्टी (माओवनदी केन्द्र) तथा वरिष्ठ उपाध्यक्ष अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रिय समिति)
लाइभदाङ । १८ असार २०८०, सोमबार १५:४१ बजे