दाङमा ३४.४ मिलिमिटर बर्षा

दाङ, १६ असार । दाङमा ३४.४ मिलिमिटर बर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछि दाङमा ३४.४ मिलिमिटर बर्षा भएको छ । बर्षा भएसंगै ब्याड राखेकाहरु रोपाइ गर्न थालेका छन्, भने ब्याड नराखेकाहरु ब्याड राखिरहेका छन् ।


दाङमा अहिलेसम्म १० प्रतिशत मात्रै रोपाई भएको छ । समयमा पानी परेकाले यस बर्ष समयमै रोपाई हुने अनुमान गरिएको छ । देशभर मध्ये पछिल्लो समय सबै भन्दा धेरै भैरहवामा ८७.४ मिलिमिटर, बिराटनगरमा ६३.४, दिपायलमा ५८.४ मिलिमिटर बर्षा भएको छ ।