लुम्बिनी प्रदेश नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न

टेकराज भण्डारी
दाङ, ११ असार ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनमा तथा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा प्रदेश स्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम असार ८ गते देखि ११ गते सम्म तुलसीपुर स्थित एकान्त होटेल एण्ड लजमा सुरु भएको थियो ।

४ दिने नमुना युवा संसद अभ्यास कार्यक्रम आज सोमवार तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका युवा/युवतीहरूको सहभागीता भएको थियो ।


प्रदेश युवा परिषदका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष गोभिन्द बहादुर केसीले आउदा दिनहरूमा पनि केन्द्रीय सरकार र प्रदेश सरकारबाट युवा, युवतीहरूको क्षमता वृद्धि गर्ने कार्यक्रमको आयोजना गर्ने बताउनु भयो । युवा समन्वय सञ्जाल संयोजक तथा कार्यक्रम संयोजक अरूण लहरेले ४ दिने नमुना युवा संसद अभ्यास कार्यक्रममा युवा युवतीहरूले धेरै कुराहरू सिकेको बताउनु भयो ।

कार्यक्रमको प्रमुख प्रशिक्षक प्रकाश उपाध्यायले अन्य प्रदेश भन्दा लुम्बिनी प्रदेशका युवा÷युवतीले नमुना युवा संसद अभ्यास कार्यक्रममा अव्वल भएको बताउनु भयो ।