दंगीशरणको हेकुलीमा वार्षिक कार्ययोजना अभिमुखिकरण बैठक

प्रमोद आचार्य
दंगीशरण, १८ बैशाख ।
नेपाली काङ्ग्रेस दंगीशरणको आयोजना तथा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दाङको सहजीकरणमा बार्षिक कार्य योजना अभिमुखिकरण बैठक दंगीशरणको हेकुलिमा सम्पन्न भएकोछ ।

नेपालि काङ्ग्रेस दाङको बार्षिक कार्ययोजना,कार्यक्रमहरु र पर्टिका विभिन्न पदमा रहने ब्यक्तीहरुले आफुले गर्ने काम, कर्तब्य ,निती र अधिकार लगायतका बिषयमा अभिमुखिकरण केन्द्रित रहेको थियो ।अभिमुखिकरण कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्दै नेपालि काङ्ग्रेस दाङ जिल्ला कार्यसमिति दाङका उपसभापति कमान सिंह भारतीले पार्टी अब सिस्टममा चल्नु पर्ने बताए ।

बर्षभरी पार्टीले गर्ने क्रियाकलाप तथा कार्यक्रमहरुबारे जानकारी गराउदै अब जनताको हरेक सुख अनि दुःखमा काङ्ग्रेस कार्यकर्ताको पहिलो उपस्थिति हुनुपर्ने बताए। पार्टीमा पछिल्लो समय पार्टीप्रतीको सिद्धान्त तथा निती हराउदै गएको प्रती चिन्ता ब्यक्त गर्दै कृयासिलता बितरण गर्दै हरेक वडामा टोल टोलमा रहेका कृयासिल काङ्ग्रेसीहरुलाई प्रसिक्षणको आवश्यकता रहेको औल्याउँदै अब छिट्टै जिल्ला कार्यसमितीले प्रशिक्षण कार्यक्रमहरु अगाडी लैजाने बताए । कार्यक्रममा बोल्दै जिल्ला कार्यसमिती सहसचिब सुबोध डाँगीले बदलिदो राजनीतिक परीबेश र फरक राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै सच्चिएर अगाडी बढ्नुपर्ने बेला भएको बताए ।


हामिले गरेको कर्म अनुसारको फल पाउने हुदा सहि प्रतीफल पाउन सहि कर्मका साथ अगाडि बढ्नुपर्ने बेला भएको बताए । नेपालि काङ्ग्रेस दाङ जिल्लाको परीपत्र अनुसार वार्षिक कार्ययोजना अभिमुखिकरण बैठकमा बोल्ने अधिकांस बक्ताहरुले नेपालि काङ्ग्रेसमा पुस्ता हस्तान्तरण सङ्गै पार्टीमा अनुसासन, निती,तथा प्रशिक्षणको अत्यन्तै आवश्यकता रहेको बताएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रदेश प्रतीनिधि,क्षत्रीय प्रतीनिधि,गाउँ कार्यसमिति ,वडा समितीलगायतको सहभागीता रहेको थियो ।

नेपालि काङ्ग्रेस दंगीशरणका सभापती सम्भु गिरीको सभापतीत्व,जिल्ला उपसभापति कमानसिंह भारतीको प्रमुख आथित्यता तथा जिल्ला सहसचिब सुबोध डाँगीको बिशिस्ट आथित्यतामा अभिमुखिकरण सम्पन्न भएको हो । नेपालि काङ्ग्रेस दंगीशरणका उपसभापती गिरीराज न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिब ओपेन्द्रराज सर्माले गरेका थिए ।