प्रमोद आचार्य
दंगीशरण, ८ असार ।
दंगीशरण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले कृषि क्षेत्र समृद्धिको मुख्य आधार रहेकोले खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धन तथा तरकारीमा आत्मनिर्भर हुने गरी मूल बिउ तथा उन्नत बिउ (धान, गहुँ, मकै, तोरी, मसुरो, प्याज र आलु) मा कृषकलाई दिइँदै आएको अनुदानलाई निरन्तरता दिइने बताएका छन् ।
कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न अधुरो रहेका डिप बोरिङ सञ्चालनमा प्राथमिकता दिइनुका साथै थप सिँचाइ बोरिङ निर्माण कार्यलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।
कृषि संजाल तथा सुचना प्रबिधिको माध्यमबाट कृषकहरूलाई कृषि सम्बन्धी सूचना उपलब्ध गराउन तथा कृषकका समस्या समाधान गर्न तयार गरी कार्यान्वयनमा ल्याइ किसान परिचयपत्रको समेत व्यवस्था गरिने भएको छ ।
गाउँपालिकाभित्र जीवन निर्वाहमुखी पशुपालन गरिरहेका कृषकहरूलाई व्यवसायीकरणतर्फ उन्मुख गराई आगामी तीन वर्षभित्र दंगीशरण गाउँपालिकालाइ दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराइने नगर प्रमुख चौधरीले बताए ।
शिक्षा :
आगामी शैक्षिकसत्र देखी आधारभुत तहमा दंगीशरण गाउँपालिकाको आफ्नै स्थानिय पाठ्यक्रम निर्माण गरी क्रमिक रुपमा लागु गर्ने ,स्मार्ट विद्यालयको अवधारणा अनुरुप आगामि आर्थिक वर्षमा नमुना विद्यालयवाट डिजिटल विद्यालय तथा स्मार्ट कक्षाको परीक्षण गरी क्रमश सबै विद्यालयहरुमा लागु गर्ने उल्लेख गरेकोछ ।
शिक्षित नागरीक समुन्नत दंगीशरण भन्ने मुल मन्त्रलाई साकार पार्न दंगीशरण गाउँपालिकाभित्रका कुनैपनि बालबालिकालाई विद्यालय जानबाट बन्चित हुन नदिने र अपाङ्ग टुहुरा बालबालिकालाई विद्यालयमा आकर्षित गर्न पोशाक,कपि किताबको निःशुल्क ब्यबस्था गरीनेछ ।
पशुपन्छि :
कृषि बिमा, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गरिने, कृषि प्रविधिको विकास प्रसार तथा उपयोगबाट कृषि उत्पादन एवं उत्पादकत्व बढाइने, कृषिको व्यावसायिकीकरणमा जोड दिई आय आर्जन तथा रोजगारीका अवसरहरू सृजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
दंगीशरण गाउँपालिकालाई माछा मासुमा आत्मनिर्भर बनाउन कुखुरा,बाख्रापालन ब्यबसाय संचालन गर्न चहाने कृषकहरुलाई गाउँपालिकाबाट प्रदान गरीने सेवा सुविधामा सहुलियतको ब्यबस्था गरीने कार्यक्रमले समेटेको छ । उन्नत बिउ वितरक किसानलाई प्रोत्साहन स्वरुप अनुदानको ब्यबस्था गर्दै मकै वालि पकेट विकास कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ ।
भौतिक पुर्वाधार :
दंगीशरण गाउँपालिकाको लाइफ लाइनको रुपमा रहेका पोटलि–हेकुलि–बैबाङ–रामपुर बाकि सडक –मिरौलि चखौरा –रावतगाउ सडक –बागर–प्रसडुवा –थपगाउ सडक लौबस्ता –सलौरा–मौलि हुदै सुकदेवा जोड्ने सडकको स्तरोन्नति मर्मत सम्भार तथा विस्तारको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइनेछ ।
स्वास्थ्य :
दंगीशरण गाउँपालिकाको गौरवको रुपमा रहेको १५ सैयाको दंगीशरण आधारभुत अस्पताललाई आगामी आर्थिक वर्षको पहिलो महिनादेखि नै संचालन हुने गरी आवश्क ब्यबस्था मिलाइनेछ । अस्पताल संचालनका लागी आवस्यक पर्ने ठुला उपकरणहरुका लागी संघ तथा प्रदेश सरकारसङ्ग पहल गर्ने उल्लेख गरीएकोछ ।
उपप्रमुख प्रजनन कार्यक्रम अन्तरगत पाठेघर बचाऊँ अभियानमार्फत पाठेघरको भिआईए स्क्रिनिङ्ग गरी पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच गरिने कार्यलाइ निरंतरता दिइनेछ ।
हिंसा पिडितहरुको उद्दार तथा राहातको लागी आगामी आर्थिक वर्षमा उपाध्यक्ष हिंसा पीडित उद्दार कोषको स्थापना गर्ने कार्यक्रममा उल्लेख गरेकोछ ।
दंगीशरण गाउँपालिकाका नागरिकहरूको उपचारको लागि आवश्यक रगत नेपाल रेडक्रस सोसाइटीको समन्वयमा निःशुल्क रूपमा उपलब्ध गराउन रक्त सञ्चार सेवा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउन सुरक्षित सुत्केरी अभियान सञ्चालन गरिनुका साथै सुरक्षित सुत्केरी अभियानलाई प्रोत्साहित गर्न सुत्केरी प्रोत्साहन भत्तालाइ निरंतरता दिइनेछ ।
भुमि:
दंगीशरण गाउँपालिकाक्षेत्रभित्र रहेका बाझो जमिनको तथ्यांक संकलन गरी सो को पुर्ण उपयोगको ब्यबस्था मिलाउन भुमि बैंकको अवधारणा कार्यान्वयन गर्न सहजीकरण गरी त्यस्तो कार्यलाई प्रोत्साहित गर्न ॠण सहुलियत तथा अनुदानको ब्यबस्था गरीने निती तथा कार्यक्रममा उल्लेख छ ।
त्यसै गरी आगामी तीन वर्ष भित्र गाउँपालिकामा रहेका रहेका खरका ९फुस खर र टाएलका छानो हटाइ खरका छाना र टायल खप्टा मुक्त पालिका घोषणा गरिनेछ।
लाइभदाङ । ८ असार २०८०, शुक्रबार १३:०० बजे