तुलसीपुर खानेपानी निर्वाचन अपडेट : भण्डारी ९२ मतले अगाडि

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनमा यमकान्त भण्डारीकाे प्यानलले अग्रता कायम गरेकाे छ । ८०० मत गणना हुँदा यमकान्त भण्डारीले ३९२, पवनराज बुढाथोकीले ३०० र दीपक धितालले ४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा सितारम शर्मा आचार्यले ४६३, गिरीधारी प्रसाद पौडेलले २२०, पुर्णप्रसाद धिताल ९, सचिबमा सेवकराम भण्डारीले ५२५, दामोदर लामिछानेले १२३, कोषाध्यक्षमा मेघराज न्यौपानेले ३४, भद्र बहादुर वलीले ३३५, कर्ण बहादुर वलीले १८, भोला प्रसाद थापाले २६९ मत प्राप्त गरेका छन् ।


त्यस्तै पुरुष सदस्यमा पदम बहादुर खड्काले ४११ लक्ष्मण केसीले ४९९, शोविन्द्र चन्द २१३ मत प्राप्त गरेका छन् ।

यसअघि दुई स्थानमा मतगणना गरएकाे भएपनि अब ४ स्थानमा मतगणना हुनेछ ।