तुलसीपुर, ३१ वैशाख ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ भित्रका बाल विकास तथा प्राथमिक तहका शिक्षकहरूकालागि क्षमता बिकास तालिम प्रदान गरिएको छ । वडा नं. १२ को आयोजनामा वैशाख २२ र २३ तथा २९ र ३० गते तालिम सञ्चालनमा आएको हो ।
सोही तालिमको शनिबार वडाध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले यो तुलसीपुरमा नयाँ अभ्यास भएको बताए । हाल दिईरहेको शिक्षा परम्परागत शिक्षा रहेको भन्दै त्यसलाई नयाँ तरिकाले शिक्षा दिएमा त्यसले शैक्षिक सुधारमा मद्दत पुग्ने बताए ।
वडा सदस्य शेसमणी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख भण्डारीले शिक्षामा लगानी धेरै भएपनि त्यसको प्रतिफल खस्किदै गएको बताएका थिए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखामा कार्यरत अधिकृत मनबहादुर खड्का, प्रशिक्षक तुलाराम बस्नेत, विन्दू न्यौपानेले क्रियाकलापलाई आधार बनाएर सिकाई गर्नुपर्ने बताएका थिए ।
त्यस अवसरमा सहभागि हरिपौरी माविका शालिकराम डाँगी र महेन्द्र माविका साधना रेग्मीले यो तालिमले आफूहरुलाई धेरै नयाँ कुरा सिकाएको बताएका थिए । कार्यक्रमको सहजीकरण वडा सचिब वडा सचिब गणेश आचार्यले गरेका थिए ।
लाइभदाङ । ३१ बैशाख २०८०, आईतवार ११:४७ बजे