प्रदेशका योजनामा ढिला सुस्ती हुन दिदैनौः मन्त्री मास्की

तुलसीपुर,४ असार । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले प्रदेशका कुनै पनि योजनाहरुमा ढिलासुस्ती हुन नदिने बताएका छन् ।

सोमबार माओवादी केन्द्र बबईको भेटघाट कार्यक्रममा मन्त्री मास्कीले बजेट पर्नु मात्रै ठूलो कुरा नभई बजेट सहि ढंगले प्रयोग हुनु पनि महत्वपूणर् कुरा रहेको भन्दै प्रदेशले बिनियोजन गरेको बजेटमा गुणस्तर र छिटो काम गराउन तर्फ लाग्ने बताए ।


पश्चिम दाङमा पुल, सडक, पर्यटनलगायतमा धेरै बजेट आएको भन्दै ति बजेटले समयमै काम गर्ने बताए ।‘पश्चिम दाङमा इतिहासमै राम्रो बजेट आएको छ’,उनले भने‘रातो किसाबमा आएका सबै बजेटहरु इमान्दारीता पूर्वक लागु भएमा विकासमा फड्को मार्नेछ ।’