नेकपा एस जिल्ला सचिवालय पुनको नेतृत्वमा करिव ३० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश

दाङ, ३ असार
नेकपा एकिकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एंव युवा संघ नेपाल दाङका नेता अरुण पुन मगरको नेतृत्वमा करिव ३० जना युवाहरु नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका छन्।

उनलाई  वाइसिएल दाङको बैठकको अवसर पारेर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले प्रवेश गराएका हुन्। वाइसिएलका केन्द्रिय सदस्य हरिश गिरीकाे नेतृत्वमा पहल गरेका थिए । गिरीको नेतृत्वमा पछिल्लाे समय वाइसिएलमा प्रवेश गर्नेको लहर चलेको छ । केही समय अघि  ५० युवाहरुले प्रवेश गरेका थिए।


 कार्यक्रममा वाइसिएलका केन्द्रिय सचिबहरु मनिसा चदरा, प्रबिन वली र माधब बस्नेत लगायत पार्टीका बिभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।