चलचित्र विकास बोर्डको अधिकार झिँगाको टाउको जति छ : बोर्ड अध्यक्ष्य केसी

निरला अर्याल
दाङ, २ असार ।
चलचित्र विकास बोर्डका अध्यक्ष नायक तथा निर्माता भुवन केसीले चलचित्र विकास बोर्डलाई स्वावायत नबनाउँदासम्म चलचित्र क्षेत्रको विकास गर्न नसकिने बताउनु भएको छ ।  चार दशक पुरानो नीतिले अहिलेसम्म चलचित्र क्षेत्र बन्नु दुर्भाग्य भएको उहाँको भनाइ छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वागत सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै नायक भुवन केसीले भन्नु भयो “चलचित्र विकास बोर्ड अधिकार झिँगाको टाउको जति छ यसले चलचित्र क्षेत्रको विकास प्रवर्द्धन हुन सक्दैन” नायक केसीले चलचित्र क्षेत्रका समस्या चुनौती र नीतिगत विषयहरूलाई सुधार्न आफू विकास वोर्डको अध्यक्ष्य भए पनि अधिकार विहिन भएको गुनासो नायक केसीको रहेको छ ।

नयाँ काम नगरी सेवा सुविधा लिन्छु पदमा बस्छु भन्नेहरुका लागि बोर्डको अध्यक्ष्य हुनु राम्रै हुन्छ तर म काम केही गर्छु भनी योजनाका साथ आएकाहरुका लागि कठिन छ । साक्षात्कारमा बोल्दै केसीले भन्नु भयो । कम लगानीमा बनेका नेपाली चलचित्रले अन्तर्राष्ट्रिय स्तर चलचित्र सङ्ग प्रतिस्पर्धा गरिरहेका छन ।


चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष्य सन्तोष केसीको अध्यक्ष्यतामा भएको कार्यक्रममा बोल्दै नायक केसीले नेपाली चलचित्रले नेपाली भाषा, संस्कृति, रितिरिवाजलाई विश्व सामु चिनाउन अर्जुन दृष्टि लगायर चलचित्र निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

चलचित्रले देशको अर्थन्त्रलाई मजबूत बनाउने हुँदा पर्यटन प्रवद्र्धनमा जोड दिनु पर्ने अभिव्यक्ति दिनुभयो। चलचित्र पत्रकार संघ नेपाल दाङका निवर्तमानअध्यक्ष्य शिव पुनको स्वागत् मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघको सचिव निरला अर्यालले गर्नु भएको थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका प्रवक्ता के एल पिडित, नेपाल पत्रकार महासंघ दाङका उपध्यक्ष्य सन्तोष सुवेदी,चलचित्र निर्माता तथा निर्देशक मुनाल घिमिरे लगायत काको उपस्थिति रहेको थियो ।