सोचको अद्भुत शक्तिको विमोचन

तुलसीपुर, ८ वैशाख ।
दाङ तुलसीपुर निवासी डिल्ली बस्नेत ‘संगीत’ द्वारा लिखित सोचको अद्भुत शक्ति नामक कीर्ति बिमोचन गरिएको छ । तुलसीपुर ६ बरूवागाउँ स्थित गोरखा माध्यामिक विद्यालयमा कार्यक्रम गरि पुस्तक बिमोचन गरिएको हो । स्कुलका प्रिन्सिपल विजयमान जीएमको अध्यक्षतामा भएको कार्यक्रमा पुस्तकको समिक्षक कर्ण सकारात्मक सोच दाङका संयोजक सुन्दर गौतमले गरेका थिए ।

त्यस अवसरमा उनले सकारात्मक सोचकालागि यो पुस्तक सबैले पढ्नु पर्ने बताए । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बिद्यार्थीमा सकारात्मक सोच निकै आबश्यक रहेको बताएका छन् । अहिले विद्यार्थीमा १२ पास गरे विदेश नै जानू पर्छ भन्ने बुझाइ राख्ने गरेको भन्दै नेपालमै केही गर्न सुझाब समेत दिए ।


उपमहानगरपालिकाका शिक्षा महाशाखा अधिकृत चक्र भण्डारी, राप्ती साहित्य परिषदका केन्द्रीय उपाध्यक्ष कमलमणी देवकोटालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

पुस्तक लेखक बस्नेतको स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण स्कुलका आधारभुत तह संयोजक पूर्णविक्रम डाँगीले गरेका थिए । बस्नेतको यो ११ औं कीर्ती हो ।