राप्ती प्रादेशिक अस्पताललाई दुईसय सैया बनाउन ६ करोड

तुलसीपुर,१ असार ।
लुम्बिनी प्रदेश सरकारले दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय सैया बनाउनकालागि ६ करोड रुपैया बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार बजेट विनियोजन गर्दै दुई सय सैया बनाउनुकासाथै अत्याधुनिक सुविधायुक्त शल्यक्रियाकालागि चाहिने औजार उपकरण खरिद एवं ब्यबस्थापनकालागि उक्त बजेट विनियोजन गरिएको हो । यस अघि ५० सैयामा अस्प्ताल सञ्चालनमा थियो ।


साथै अस्पतालमा डाइलाईसिस सेवा विस्तार गरी इरोथ्रोपाईटिन औषधीमा सहुलियत उपलब्ध गराउन बजेट विनियोजन भएको छ ।