शंकटलाई अवसरमा बदल्न प्रचण्डको नेतृत्वमा सरकारः अपार

दाङ,७ पुस । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले प्रचण्डको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका अपारले शंकटलाई अवसरमा बदल्न प्रचण्डको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।


साथै उनले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन, समृद्धिको जग बसाल्न, समाजको अबस्था बदल्न पनि प्रचण्डको नेतृत्वमा सरकार बन्नुपर्ने बताए । त्यस्तै संविधानको पूर्ण कार्यान्वयन र स्थायीत्व दिन प्रचण्डको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।

गठबन्धनमा अझै कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागेको छैन । तर, माओवादी केन्द्रका प्रभाबशाली नेताहरुले प्रचण्ड नै प्रधानमन्त्री बन्नु पर्ने भन्दै बिभिन्न माध्यामबाट लबिङ सुरु गरेका छन् ।