गर्मीका कारण तुलसीपुरका सबै विद्यालयमा बन्द

तुलसीपुर, २५ जेठ ।
अत्याधिक गर्मी बढ्न थालेपछि तुलसीपुरका सबै विद्यालयहरु बन्द हुने भएका छन् । गर्मीका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने सम्भावना भएकाले भोली जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म तुलसीपुरका सबै विद्यालयहरु बन्द हुने भएका हुन् ।


उपमहानगरपालिका अन्तर्गत रहेको शिक्षा समितिले गर्मीका कारण विद्यालय बन्द गर्ने निर्णय गरेपछि शिक्षा शाखाले विज्ञप्ती जारी गर्दै सामुदायिक र संस्थागत विद्यालयलाई तोकिएको मितिसम्म विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ ।