तुलसीपुर,८ माघ ।
तुलसीपुर उपमहानगरपालिकाले आज सबै सेवा बन्द गरेको छ ।
कार्यालयमा कार्यरत कार्यालय सहयोगी जिताराम चौधरीको निधन भएपछि उपमहानगरपालिका कार्यालय अन्तर्गतका सबै सेवा बन्द रहने जनाएको हो । चौधरीको आईतबार निधन भएको हो ।
तुलसीपुर ११ निवासी चौधरी २०६४ माघदेखि नियमित कार्यालय सहयोगी पदमा कार्यरत थिए ।
लाइभदाङ । ८ फाल्गुन २०७९, सोमबार १०:२९ बजे