शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाईते

तुलसीपुर, २२ जेठ ।
बबई–७ लालमटियाबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ६४७ नम्बरको यात्रुवाहक जिप शान्तिनगर-७ खैरेनीमा दिउँसो १ बजे दुर्घटना भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये बबई–७ कि ३३ वर्षीया रक्षिता शाहको टाउकोमा चोट लागेको छ भने तुलसीपुर५ बस्ने वर्ष २९ कि सुशीला थापा मगरको हातमा चोट लागेको छ । अन्य सबै सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।


घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको घाइतेहरूले बताए । सवारी चालकलाई इप्रका खिलतपुरले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।