
दंगीशरण, ७ असार ।
पतन्जलि योग समिती दंगीशरण र महिला पतन्जली योग समिति दंगीशरणको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहजीकरणमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ दंगीशरण गाउँपालिकाको सभाहलमा मनाइएकोछ । ११ औं अन्तर्राष्ट्रिय योगदिवसको अवसरमा प्राभातफेरि, फ्रोटोकल तथा योगको महत्त्व र मानव जिबनमा योगले पु¥याएको फाइदाका वारेमा जानकारी गराइएको थियो ।
योग शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यका लागि उपयोगी अभ्यास रहेकाले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने भएकाले मानसिक शान्तिका लागि योग र ध्यान आजको आवश्यकता रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अथितीको आसनबाट बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले संस्कार र सभ्यताको विकासका लागि पनि योग, प्रणायाम र ध्यानमा जोडिन आवश्यक रहेको बताउनुभयो । अहिलेको समय बिषादियुक्त खानपानले मानव शरीरमा गम्भीर असर पुर्याइरहेका वेला योगमा जोडिनु अपरीहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न विद्यालायका भाइ बहिनीहरुले कडा आसनहरु प्रस्तुत गरेका थिए । ११ औं अन्तर्राष्ट्रिय योग दिवसलाई सफलपार्न शान्तीनगर र बबइ गाउँपालिकाका योग साधक साधिकाहरुको उपस्थिति रहेकोथियो । सोही अवसरमा पतञ्जलि योग प्रशिक्षण विभाग प्रमुख लुम्विनी प्रदेशका दिपक बस्याल, पतन्जली योग समिती दाङका अध्यक्ष उदय बहादुर डाङ्गी गाउँपालिकाका प्रवक्ता रमेश भण्डारी, सुचना अधिकारी टेक बहादुर खत्री, पतन्जली योग समितीका जिल्ला प्रभारी,नगर प्रभारी,लगायत पतन्जली योग समितीका साधक साधिका लगायत विद्यालयका विद्यार्थीहरु सहभागीता रहेको थियो ।
११ औं अन्तर्राष्ट्रिय योग दिवस पतञ्जली योग समिति दंगीशरणका प्रभारी दिपक बिष्टको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख अथित्यतामा भएकोथियो ।



लाइभदाङ । ७ असार २०८२, शनिबार २०:३७ बजे