राप्ती विद्या मन्दिरमा कक्षा १० का विद्यार्थीहरुलाई विदाई

तुलसीपुर,२ चैत । दाङको तुलसीपुर स्थित राप्ती विद्यामन्दिरका कक्षा १० विद्यार्थीहरुलाई विदाई गरिएको छ ।

शुक्रबार कक्षा ९ का विद्यार्थीहरुले कार्यक्रम गरि एसइइ दिन लागेका विद्यार्थीहरुलाई विदाई गरेका हुन् । कक्षा ९ का छात्र देवेन्द्र वलीको अध्यक्षता तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं गुठी प्रमुख निर्मला डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि डाँगीले विद्यार्थीहरुले विदाईलाई नविनतम कार्यको सुरुवातको रुपमा लिनुपर्ने बताएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेम सागर सुवेदी, सहायक प्रअ चुर्णबहादुर केसी, पत्रकार दीपक बोहरालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।


कक्षा ९ का विद्यार्थी दीपक विकले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजिकरण छात्रा सृष्ठी चौधरी र रोजीना चौधरीले गरेकी थिइन् । त्यस अवसरमा बिभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो ।

May be an image of 3 people and people smiling