
१२ वर्ष पछि नेपाल संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोह हुँदैछ । मुलतः दिक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्छ । तर, १२ वर्षदेखि त्यो दिक्षान्त समारोह हुन सकेको थिएन् । २०५८ सालमा तत्कालिन प्रधानमन्त्री तथा कुलपति झलनाथ खनाल हुँदा दिक्षान्त समारोह भएको थियो । त्यसयता दिक्षान्त समारोह हुन सकेको थिएन । दिक्षान्त समारोह गर्ने वा नगर्ने भन्ने कुरा प्रधानमन्त्री तथा कुलपतिको हातमा हुन्छ । यो बीचमा कुलपतिले समय दिन नसक्नु र अनुमति नदिनुकै कारण दिक्षान्त समारोह हुन सकेको थिएन । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै बन्ने व्यवस्था छ । तर, कुलपतिले नै समय नदिदा लामो समय दिक्षान्त समारोह हुन नसक्नु सकारात्मक सन्देश होईन् ।
दिक्षान्त समारोह नहुँदा १२ वर्षअघि नै ‘ग्रयाजुएट’ गरेकाहरूले नै मुल प्रमाणपत्र पाउन सकेका छैनन् । प्रधानमन्त्रीले मन्त्र पाठ गराएर ति प्रमाणपत्र वितरण गरिन्छ । तर,लामो समय दिक्षान्त समारोह हुन नसक्नु दुःखद पक्ष थियो । तर, यस पटक प्रधानमन्त्रीले जुन सहज तरिकारले दिक्षान्त समारोह आयोजना गरे, त्यो एकदमै स्रहनीय कार्य छ । केन्द्रीय कार्यालय दाङको बेलझुण्डीमै त्यो कार्यक्रम हुने भएपछि विश्वविद्यालय परिवार पनि उत्साहित देखिन्छ । ३१ जेठमा हुने समारोहलाई सफल पार्नकालागि तयारी तिब्र पारिएको छ ।
सांस्कृत बाङमयको क्षेत्रमा विश्वविद्यालयले पु¥याएको योग्दान अतुलनीय छ । तर, पटक–पटक हुने तालाबन्दी, राजनीतिक खिचातानीले यस प्रति केही शंका उत्पन्न हुनु पनि स्वमाविकै छन् । यसकाबीच पनि अहिले विश्विद्यालयले आफ्नो अस्तित्व जोगाउन जुन पहलकदमी लिइरहेको छ, त्यो एकदमै स्रहानीय कार्य छ । विश्वविद्यालयलाई एउटा ‘सिस्टम’मा लिन सकियो भने अहिलेका समस्या आउदैनन् ।‘सिस्टम’मा नहुँदा नै विश्वविद्यालयमा वेथिति देखिएका थिए । तर, अब ति बेथिति र समस्या समाधान हुनेमा विश्वास गरिएको छ । साभार : अग्रिम साप्ताहिक



लाइभदाङ । २२ जेष्ठ २०८०, सोमबार ११:४६ बजे