तुलसीपुर नगर जेसीजको सप्ताह सम्पन्न

तुलसीपुर, २१ जेठ ।
तुलसीपुर नगर जेसीजले विविध कार्यक्रम गरेर जेसीज सप्ताह–२०२३ सम्पन्न गरेको छ। जेठ १३ गते देखी शुरु भएको सप्ताह २० गतेसम्म चलेको थियो।

पहिलो दिनको कार्यक्रम तुलसीपुर नगर जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एवं राप्ती बबई क्याम्पसका प्रमूख गणेश पार्धेको प्रमूख आतिथ्यता तथा सम्बाद समूहका बरिष्ठ सहजकर्ता शुसिल बस्नेतको विशिष्ठ आतिथ्यतामा उद्घाटन तथा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए, भने सो कार्यक्रमको संयोजक जेसी भिमसेन थापाले गरेका थिए।

दोश्रो दिनमा जेसीजका बारेमा विद्यार्थीहरुमाझ जानकारी गराउने उद्देश्यले मा वि दोघरेमा “जेसीज इन द स्कुल “ कार्यक्रम सम्पन्न गरिएको थियो। जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमूख आतिथ्यता तथा मा वि दोघरेका प्रअ सुनिता यादवको बिशिष्ठ आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। कक्षा १० अध्ययनरत विद्यार्थीहरुलाई जेसीजको बारेमा पूर्व अध्यक्ष झरेन्द्र खरेलले जानकारी गराएका थिए।

त्यसैगरी तेश्रो दिनको कार्यक्रम नगर स्तरिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो। जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एवं नेपाल यातायात व्यवसायी संघका केन्द्रिय सल्लाहकार शुरेश हमालको प्रमूख आतिथ्यता तथा लुम्बिनी प्रदेशका एस एस पी कृष्ण पल्लीमगरको बिशिष्ठ आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो।१७ वटा टिमहरुले उक्त प्रतियोगितामा भाग लिएका थिए। सो कार्यक्रमको संयोजन जेसी केशबराज न्यौपानेले गरेका थिए।

त्यसैगरी चौथो दिनको कार्यक्रम न्यायीक समितिसंग अन्तरक्रिया गरी सम्पन्न भएको थियो। तुलसीपुर उपमहानगरपालिकाका न्यायीक समिती संयोजक स्यानी चौधरीको प्रमूख आतिथ्यता तथा समितिका सदस्य दैबी पोख्रेल र लालमती भण्डारीको विशिष्ठ आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। कानून विषय अध्यनरत करिव ७५ जना विद्यार्थीहरुले उक्त अन्तरक्रियामा भाग लिएका थिए, भने बरिष्ठ सहजकर्ता शुसिल बस्नेत,बरिष्ठ अधिवक्ता प्रदिप कुमार धिताल एवं इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शुसान्त मिश्रले सहजिकरण गरेका थिए।

न्यायीक समितिको काम कर्तव्य र क्षेत्राधिकारका विषयमा विद्यार्थीहरुले जिज्ञासा राखेका थिए। सो कार्यक्रमको संयोजन जेसी मधुसुधन गौतमले गरेका थिए।


त्यसैगरी पाचौ दिनको कार्यक्रम ब्लड ग्रुपिङ क्याम्प गरी सम्पन्न भएको थियो। हिमाल एकाडेमी कक्षा १० मा अध्ययनरत ११० जना विद्यार्थीहरुको रक्त समूह परिक्षण गरिएको थियो। जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एवं जन स्वास्थ्य निरिक्षक बसन्त कुमार आचार्यको प्रमूख आतिथ्यता तथा हिमाल एकाडेमीका प्रिन्सीपल नविन कुमार पराजुलीको विशिष्ठ आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्राविधिक सहयोग तुलसीपुर सिटी हस्पिटलले गरेको थियो, भने कार्यक्रमको संयोजक जेसी बुद्धिराज सापकोटा रहेका थिए।

छैठौ दिनको कार्यक्रम एक दिने योग शिविर रहेको थियो। तुलसीपुर नगर जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एवं जिल्ला युवा महिला प्रवाहरी एवम् मिडिया प्रवाहरी रेखा शर्माको प्रमूख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जेसीज परिवारहरुलाई योग प्रशिक्षण गराइएको थियो। सो अवसरमा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष सुर्य प्रसाद शर्मा,समाज सेवी दामोदर न्यौपाने,खिमलाल वली लगाएत जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो। सो कार्यक्रमको संयोजक जेसी दिपक केसी रहेका थिए।

त्यसैगरी सातौ तथा अन्तिम दिनको कार्यक्रम स्लो बाइक रेस प्रतियोगिता तथा समापन कार्यक्रम जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एवं जिल्ला ट्राफिक कार्यालय दाङका प्रमूख किरण मल्लको प्रमूख आतिथ्यता तथा जिल्ला युवा समितिका अध्यक्ष अरुण लहरेको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो।

दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा २५ जना युवाहरुले भाग लिएका थिए। जसमा केशब के सी प्रथम,अरुण योगी द्वितिय र श्यामु राजपुत तृतिय भएका थिए। प्रथम,द्वितिय र तृतियलाई क्रमशः रू. ७५००, रू.५००० र रू.२५०० नगद पुरस्कार तथा प्रमाणपत्र रहेको थियो।

समापन कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्षहरु झरेन्द्र खरेल,दिपेश भणडारी, बिमल पौडेल,अध्यक्ष सल्लाहकार पूर्ण बिक्रम डाँगी,त्यसैगरी ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख तिर्थराज भुसाल,दाङ महिला जेसीजका का .बा . अध्यक्ष जेसी बसन्ता भणडारी ,दलित सेवा संघ दाङका किरण बिश्वकर्मा ,अप्टिमिस्ट क्लवका का.वा. अध्यक्ष कमल सापकोटा,महिला अधिकारकर्मी दिपा केसी लगाएतको उपस्थिती रहेको थियो। कार्यक्रम संयोजक जेसी दामोदर न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी केशबराज केसीले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन महासचिव सन्दिप भुसालले गरेका थिए।

७ दिनसम्म संचालन गरिएको सप्ताहमा विभिन्न कार्यक्रमका संयोजकहरुलाई मूल संयोजक जेसी शैलेन्द्र कुमार वलीले मायाको चिनो प्रदान गरेका थिए। साथै जेसीज सप्ताहमा मूल संयोजकको जिम्मेवारी लिई सप्ताहलाई सफलता पूर्वक सम्पन्न गरेकोमा मूल संयोजक जेसी शैलेन्द्र कुमार वलीलाई अध्यक्ष जेसी सालिक राम वलीले धन्यवाद सहित मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा पहिलो दिनमा रक्तदान गरेका रक्तदाताहरुलाई प्रमाणपत्र पनि दिईएको थियो।

सन् २०१२ मा तुलसीपुरमा स्थापना भएको तुलसीपुर नगर जेसीजले स्थापना कालदेखी जेसीज सदस्यहरुलाई ब्यक्तित्व तथा नेतृत्व विकासका लागि विभिन्न किसीमका प्रशिक्षण कार्यक्रमहरु पनि संचालन गर्दै आइरहेको छ। त्यसैगरी जेसीजले विभिन्न किसीमका सामाजिक कार्यहरु पनि गर्दै आएको छ।

तुलसीपुर बसपार्क स्थित पिपलबोट नजिक जेसीज धारा निर्माण गरी बाटोमा हिड्ने बटुवा तथा यात्रीहरुलाई शुद्ध पिउने पानी सहज रुपमा खाने ब्यवस्था गरेको छ। त्यसैगरी विभिन्न ठाउँमा दुर्घटना न्युनिकरणकालागि ट्राफिक सचेतना बोर्ड पनि राखिएको छ ।