युनाइटेड एकाडेमीद्वारा बाल क्लब गठन

दाङ, १९ जेठ ।
दमारगाउँमा रहेको युनाइटेड एकाडेमीमा आज एक कार्यक्रमको आयाेजना गरि बाल क्लव गठन गरिएको छ। विद्यालयका प्रिन्सिपल कुलदिप गौतमको अध्यक्षता भएको कार्यक्रममा सात सदस्यीय युनाइटेड एकाडेमी बाल क्लव गठन गरिएको छ।


जसमा अध्यक्ष शिव परियार ,उपाध्यक्ष प्रतीक्षा डाँगी ,सचिवमा सन्देश बि.सी, सहसचिवमा आकृति रावत, कोषाध्यक्षमा चन्दन गुरुङ, सदस्यमा रेणु देवकोटा र प्रदिप न्यौपाने चयन भएका छन् । विद्यालयका शिक्षक मनाेज केसीकाे स्वागत र शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थीका शिक्षक खिम संगीत भट्टराईले गर्नुभएको थियो ।