बृहत दाङ सिंचाई मार्फत थप ९ हजार हेक्टरमा सिंचाई पुर्‍याईने

तुलसीपुर,१६ जेठ । बृहत दाङ उपत्यका सिंचाई आयोजना मार्फत दाङमा थप ९ हजार हेक्टरमा सिंचाई पुर्‍याइने भएको छ ।

सिंचाई प्रणाली पुनस्थापना एवं पुन निर्माणबाट करिब ३ हजार हेक्टर तथा पोखरी र डिप ट्युवेल निर्माणबाट ६ हजार हेक्टरमा सिंचाई पुर्‍याउने लक्ष्य राखिएको छ ।


आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट बक्तब्यमा अर्थमन्त्री प्रकाशशरण महतले यस्तो कुरा उल्लेख गरेका छन् ।