नवनिर्वाचित सञ्चालक समिति अध्यक्ष एवं नवनियुक्त क्याम्पस प्रमुखलाई स्वागत

तुलसीपुर,१४ जेठ ।
राप्ती बबई क्याम्पसका नवनिर्वाचित सञ्चालक समिति अध्यक्ष एवं नवनियुक्त क्याम्पस प्रमुखलाई स्वागत सम्मान गरिएको छ ।

आइतवार पब्लिक क्याम्पस प्राध्यापक सघं र इकाई राप्ती बबई क्याम्पसले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित सञ्चालक समिति अध्यक्ष श्यामकुमार रेग्मी र नवनियुक्त क्याम्पस प्रमुख गणेश पार्धेलाई स्वागत सम्मान गरेको हो ।


इकाई सभापति भुपबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित क्याम्पस सञ्चालक समिति अध्यक्ष श्याम कुमार रेग्मीले क्याम्पसको बृत्तर हितका लागि समिति र प्रध्यापकहरु हातेमालो गरि अगाडी बढ्नु पर्नेमा जोड दिए ।

त्यस कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख गणेश पार्धेले क्याम्पसले आगामी दिनहरुमा विद्यार्थीहरुलाई नयाँ–नयाँ कार्यक्रमहरु ल्याई क्याम्पसलाई शिक्षाको हव बनाउने बताए ।

त्यस अवसरमा सञ्चालक समितिका उपाध्यक्ष मिनराज वली लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । इकाई उपसभापति सुर्यप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण इकाई बासुदेव रिजालले गरेका थिए ।