
दाङ, १६ माघ । दाङ घोराहीका एक युवक चरेशसहित पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका – १३ का २३ वर्षीय गोबिन्द सुवेदी प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
घोराही–१४ मिलनचोकबाट मंगलबार बेलुकी साढे ६ बजेतिर उनी पक्राउ परेका थिए। शंका लागेर शरीर खानतलासी गर्ने क्रममा एक ७० मिलीग्राम चरेश र डाक्टरको सिफारिसमा मात्रै किन्न पाइने ट्याबलेट पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।



लाइभदाङ । १६ माघ २०८१, बुधबार १६:५४ बजे