दाङमा राष्ट्रियस्तरको अभिनय प्रतियोगिता हुने

तुलसिपुर, १३ जेठ । दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्ने छन् ।बालकलाकार उत्पादन तथा चलचित्र प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । आगामी जेठ २० गते घोराहीमा अडिसन हुने भएको छ । कार्यक्रम चलचित्र विकास बोर्डको आयोजना तथा चलचित्र पत्रकार संघ दाङको सहकार्यमा कार्यक्रम हुने भएकाे हो । उक्त कार्यक्रम सफल पार्नका लागि सङ्घका सदस्य झग्गु भण्डारी संयोजक रहने गरि ३ सदस्य समिती गठन गरीएको छ । जसको सदस्यमा भुपेश ओली र आशिष के सी रहनुभएको छ ।