तुलसीपुर, ११ जेठ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ ले चिप्स बनाउने तालिम दिन सुरु गरेको छ ।
वडाका विपन्न तथा दलित महिलालाई ७ दिने चिप्स, नमकिन र दाम्लो मिठाई बनाउन सिकाउन थालेको हो ।
वडाध्यक्ष खुशीराम चौधरीको अध्यक्षता तथा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्य एवं प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा बक्ताहरुले यस्ता कार्यक्रमले गरीब तथा विपन्न समुदायको जीवनस्तरमा सहज हुने विश्वास ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिब गणेश आचार्यले गरेका थिए ।
लाइभदाङ । ११ जेष्ठ २०८०, बिहीबार २०:३३ बजे