दंगीशरणमा बजार प्रणालीको सहजीकरण सम्बन्धि बैठक

प्रमोद आचार्य
दंगीशरण, १० जेठ ।
युके एडको आर्थिक सहयोग प्रेक्टीकल एक्सन नेपाल र विकास सरोकार समाज डिकोसको साझेदारीमा सञ्चालित समुन्नति परीयोजना अन्तर्गत बजार प्रणालीको सहजीकरण सम्बन्धि बैठक दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

किसानहरुले उत्पादन गरेको वस्तुको विक्री वितरणलाई सहज बनाउन र उत्पादन गरेका किसानले वस्तुको उचित मुल्य पाउन के गर्न सकिन्छ, भन्ने उदेश्यका साथ सरोकारवालाहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

बैठकले दंगीशरण गाउँपालिकाको समन्वय, गुरुबाबा सहकारी संस्था र त्रिशक्ति सहकारी संस्थाको सहकार्यमा दंगीशरण गाउँपालिकामा कृषि उपज संकलन तथा व्यवस्थापन गर्न गुरुबाबा सहकारी संस्थाका अध्यक्ष सुकदेब चौधरीको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिती गठन गरेको छ ।

जसको उपाध्यक्षमा टोपा वलि,सचिवमा रबिन्द्र चौधरी,कोषाध्यक्षमा प्रदेसी चौधरी,सदस्यहरुमा झरना चौधरी,रबिता चौधरी,भरथरे चौधरी,रहनु भएको छ। यस्तै बैठकले गाउँपालिका अध्यक्ष सम्भु गिरीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेकोछ ।


जसको सदस्यमा तुलसीपुर फलफुल तथा तरकारी व्यवस्थापन समितीका अध्यक्ष माधब घिमीरे दंगीशरण कृषि शाखा प्रमुख सरु भुषाल रहनु भएको छ । बजार प्रणालीको सहजीकरण सम्बन्धि बैठक दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरीको सभापतीत्वमा सम्पन्न भएकोहो ।

बजार प्रणालिको सहजीकरण प्रेक्टिकल एक्सनका दिपेन्द्र भुजेल,र डिकोसका बरजङ्ग पुनले गर्नुभएको थियो । बैठकले दंगीशरण गाउँपालिका स्तरीय बजार व्यवस्थापन समितीको नाम दंगीशरण तरकारी बजार व्यवस्थापन समिती भनी नामाकरण समेत गरेको छ ।

बैठकमा कृषि क्षेत्रका सरोकारवाला,किसान,सहकारी संस्थाका सञ्चालक लगाएतको सहभागीता रहेको थियो । बैठकको सहजीकरण प्रेक्टिकल एक्सनका प्रेम वलिले गर्नुभएको थियो ।