बाँके, १० जेठ ।
राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभएको छ ।
उनीहरू हिजो मंगलबार डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएको बेला साँझपख नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको डीएसपी मगरले बताउनुभएको छ ।
प्रहरीका अनुसार उनीहरुसहित छ जना वनभोज खान गएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लाइभदाङ । १० जेष्ठ २०८०, बुधबार १४:५३ बजे