दाङका केसीलाई शसक्त सञ्चारकर्मी र बस्नेतलाई युवा पत्रकारिता पुरस्कार प्रदान

तुलसीपुरर, ६ असोज । प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष एवं कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीलाई यस बर्षको सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरेको छ ।

काउन्सीलको ५२ औं स्थापना दिवसको अवसरमा आज बुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । यसैगरी नागरिक दैनिकका दाङ संवाद्दाता देवेन्द्र बस्नेतले युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । राप्ती साहित्य परिषद्ले प्रकाशन गर्दै आएको अन्र्तध्वनीले साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गरेको छ । पत्रिकाका सम्पादक पुरुषोत्तम खनालले उक्त पुरस्कार ग्रहण गरेका थिए ।

यसैगरी गोपालदास पत्रकारिता पुरस्कार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्रिबिनोद खनाललाई प्रदान गरिएको छ । महिला, युवा, भाषागत लगाएतका अन्य पुरस्कारहरु पनि बिभिन्न पत्रकारहरुलाई प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारितालाई मर्यादित बनाउन काउन्सीलकोे भूमिकालाई अझ सशक्त बनाउनुपर्ने बिचार व्यक्त गरेकी थिइन् ।


कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कृत सबै पत्रकारहरुलाई बधाई ज्ञापन गरेका थिए । उनले अहिले जिम्मेवार र अनुशासित पत्रकारिताको आबश्यकता रहेको धारणा व्यक्त गरे । काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितालाई मर्यादित बनाउन काउन्सीलले सशक्त भूमिका खेल्दै आएको बताएका थिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'