सल्यानको कुमाख गाउँपालिकाको अध्यक्षमा बुढाथोकी र उपाध्यक्षमा रावत विजयी

सल्यान, १ जेठ ।

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । ४६ मतको अन्तरले गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मान बहादुर बुढाथोकी विजयी भएका छन् ।


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डिल्लीराज जैशीले ४ हजार १२ मत प्राप्त गरेका छन भने विजयी बनेका बुढाथोकीले ४ हजार ५८ मत प्राप्त गरेका हुन् ।

त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लाल बहादुर रावत बिजयी बनेका छन् । रावतले ४ हजार १ सय ४३ मत प्राप्त गरेका छन भने माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् । नेपाल बार एशोसिएशनका अध्यक्ष समेत रहेका रावत उपाध्यक्षमा विजयी भएका हुन् ।