दंगीशरण १ र २ वडामा बाख्रा उपहार

प्रमोद आचार्य
दंगीशरण, ९ जेठ ।
दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा दंगीशरण कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परीयोजना, अन्तर्गत दंगीशरण गाउँपालिकाले वडा नं.१ र २ मा बाख्रा उपहार कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक उपार्जन तथा आर्थिक समृद्धिका लागी कृषि पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत बाख्रा उपहार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सम्भु गिरीले बताए । पहिलो चरणमा वडा नं. १ र २ मा गठित समुहका दिदीबहिनीलाई माउ बाख्रा तथा बोका प्रदान गरीएको र उक्त माउ बाख्रा तथा बोकाहरुबाट आर्थिक उपार्जन र नस्ल वृद्धिमा टेवा पुग्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।

गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका नागरीकहरु आर्थिक अभाव र बेरोजगारीमा बस्न नपरोस भन्ने उदेश्यका साथ विपन्न दलित तथा निम्न आयस्तर भएकाहरुलाई समुहको माध्यमबाट जोडदै उनीहरुको आयस्तरमा वृद्धि गरी सबै नगरीकलाई समृद्ध र सुखी बनाउने अभियान अन्तर्गत कृषि र पशुको क्षेत्रमा साझेदार संस्थाहरुको प्राविधिक सहयोग लिई ठुलो रकम छुट्टाइ कार्यक्रम अगाडी बढाइएको अध्यक्ष गिरीले बताए ।


यस्तै पालिका उपाध्यक्ष पिमा वली खड्काले आफुहरु भौतिक पुर्वाधारको विकासलाई मात्र विकास नठानी मानविय विकासलाई पहिलो प्राथमिकतामा राखी अगाडी बढेको बताईन् । उपहार स्वरुप प्रदान गरीएका बाख्रा तथा बोकाहरु आफुहरुले आफ्नै सम्झि उक्त बाख्रा तथा बोकाहरुबाट मनग्य आम्दानि लिन आग्रह समेत गरिन् ।

वडा नं. १ मा वडा अध्यक्ष रमेश भण्डारीको सभापतीत्व ,गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता ,गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का र प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईको विशिष्ट आथित्यतामा समुहका २० जनालाई बाख्रा उपहार प्रदान गरीएको हो ।

यस्तै वडा नं. २ मा वडा अध्यक्ष डम्बर खत्रीको सभापतीत्वमा ४ वटा समुहका २० जना किसानहरुलाई माउ बाख्रा वितरण गरीएको हो । उपहार कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका बिबेक शाह,हेफर प्रोजेक्ट नेपालका प्रकाश केसी लगाएतको उपस्तिथि रहेको थियो । कार्यक्रमको सहजीकरण साझेदारी परीयोजनाकी कार्यक्रम संयोजक गोमा भट्टराईले गरेकी थिईन् ।