अटो पल्टिदा १५ महिने बालकको मृत्यु

रोल्पा, १६ भदौ ।
अटो दुर्घटनामा १५ महिने अनमोलको मृत्यु भएको छ । आज बेलुका ५:३० बजे रोल्पाको लिबाङबाट रेउघा जाँदै गरेको अटो घट्ट खोला सडकमा पल्टिदा घाईते भै उपचारका क्रममा माडी गापा–२ कि ललिता घर्तिको पन्ध्र महिने छोरा अनमोलको निधन भएको हो ।


ललिता समेत घाइते रहेकी छन् । अटो पल्टिदा रोल्पा नपा– १ कि मनकुमारी कवर, मनकुमारी कै छोरी रोशनी र रोल्पा नपा–१ हरिगाटिना कि जानकी रावत समेत घाइते छन ।