दंगीशरणमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

दंगीशरण, ९ जेठ ।
दंगीशरण गाउँपालिकाको आयोजनामा दंगीशरण गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागी स्थानिय तहको विधयिकी प्रक्रिया,बजेट र योजना तर्जुमा प्रशासनिक एवं वित्तिय सुशासन सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रमको सोमबार एक कार्यक्रमकाविच समापन गरीएको छ ।

गाउँपालिका अध्यक्ष सम्भु गिरीको सभापतीत्व,गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का,संविधानसभा सदस्य कानुनबिद, अधिवक्ता खिमलाल देबकोटा र प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईको विशिष्ट आथित्यतामा २ दिने तालिमको समापन गरीएको हो ।

तालिमको दोस्रो दिन गाउँ सभा सञ्चालन प्रक्रिया,योजना तर्जुमा,गाउँ सभा सदस्यको काम कर्तव्य अधिकार लगाएतको बिषयमा तालिम दिइएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले स्थानिय तहलाई हरेक कुरामा सु–शासन तथा नितीगत तवरले अगाडी लग्नु पर्ने बताउनुभयो ।


जनप्रतीनिधि र कर्मचारीविच नङ र मासुको सम्बन्ध हुनु पर्ने बताउदै पालिका अध्यक्ष गिरीले पालिकाका काम कुरा सफल पार्न र जनतालाइ छिटो छरीतो सेवा प्रबाह गर्न कर्मचारीको महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो । यस्तै पालिका उपाध्यक्ष पिमा खड्काले आफुले पहीलो कार्यकालमा पनि तालिम लिएको र तालिमले स्थानिय सरकार संचालन गर्न हरेक योजना तर्जुमा लगाएतका बिषयमा तालिम कोषे ढुङ्गा साबित हुने बताउनुभयो ।

२ दिन सम्म संचालित तालिममा वडा सदस्य,वडा अध्यक्ष,वडा सचिब,गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,साखा प्रमुखहरु लगाएतको सहभागीता रहेकोथियो । तालिमको प्रशिक्षकमा संविधानसभा सदस्य कानुनविद खिमलाल देबकोटा रहनुभएको थियो, भने समापन समारोहको सहजीकरण दंगीशरण गाउँपालिकाका योजना साखा प्रमुख लेखनाथ आचार्यले गर्नुभएको थियो ।