दंगीशरणमा निःशुल्क कानुनी साक्षरता एवं अन्तरक्रिया कार्यक्रम

प्रमोद आचार्य
दंगीशरण, १५ पुष ।
नेपाल डेमोक्र्याटिक लायर्स एशोसियन शाखा दाङको आयोजनामा एक दिने निःशुल्क कानुनि साक्षरता एवं अन्तरक्रिया कार्यक्रम शनिबार दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । डि.एल.ए दाङको वार्षिक कार्ययोजना अनुसार सबै पालिकामा परीमार्जित कानुनवारे जनप्रतिनिधिहरुलाई जानकारी गराउन निःशुल्क कानुनि साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरीएको डि.एल.ए दाङका अध्यक्ष कुमारराज श्रेष्ठले जानकारी दिए ।

साक्षरता कार्यक्रममा डि.एल.ए दाङका वरिष्ठ अधिवक्ता घनश्याम थापाले लिखत प्रमाणिकरण,अधिवक्ता ॠसिराज न्यौपानेले अनुचित लेनदेन, अधिबक्ता ललित बहादुर केसीले लिखत तयार गर्दा अपनाउनुपर्ने प्रक्रिया लगाएतका बिषयमा जानकारी गराएका थिए ।

साक्षात्कारपछी औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्थानिय सरकार संचालन गर्ने क्रममा कतीपय अवस्थामा आइपर्ने कानुनि जटिलता तथा कानुनि समस्याबाट बच्न र जानकार रहन साक्षात्कार कार्यक्रमले सहयोग पु¥याएको बताए ।

देशमा संघीयता आइसकेपछी थुप्रै अधिकार वडा कार्यालयमा रहेको स्मरण गर्दै अध्यक्ष गिरीले सेवा प्रवाह गर्दा दिइने सिफारिसहरु कस्तो दिन मिल्ने कस्तो अवस्थामा दिन नमिल्ने सवैकुरा राम्रो सङ्ग बुझेरमात्र सेवा प्रवाहमा जोडिन वडा सचिवहरुलाई निर्देशन दिए ।


अन्तर्कृया कार्यक्रममा डि.एल.ए दाङका अध्यक्ष कुमारराज श्रेष्ठले पालिकाभित्रका कुनैपनि नागरीक न्याय पाउनको लागि पहुँचमा पुग्न सकेको छैन भने त्यस्ता नागरीकलाइ वडा तथा गाउँपालिकाबाट सिफारिस भए डि.एल.ए दाङले निःशुल्क सेवा प्रदान गर्ने प्रतीबद्दता ब्यक्त गरे ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले न्याय सम्पादन प्रक्रियामा आफुहरुले निकै सुझबुझका साथ न्याय प्रदान गरेको र अहिले सम्म कुनै उजुरी तथा मुद्दा बाट असन्तुष्ट भइ मुद्दा खेप्ने स्थिती नरहेको बताइन। आफुलाई न्यायिक समितीबाट भरपुर सहयोग रहेको र सवैको साथ र सहयोगले मेलमिलाप तथा विवाद समाधानमा सहयोग पुगेको बताइन ।

वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले स्थानिय सरकार संचालन ऐन तथा वडा कार्यालय संचालनको विषयमा धेरै कानुनिकुरा सिक्न र जान्ने मौका पाएकोमा खुसि ब्यक्त गरे । निःशुल्क कानुनि साक्षरता तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण डि.एल.ए दाङका सचिव नारायण प्रसाद डाँगीले गरेका थिए।