दाङमा १४४ सक्रिय संक्रमित

दाङ
१० भदौ / दाङमा विहीबार १२ कोरोना संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या १४४ पुगेको छ ।

विहीबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४० जनाको स्वााब परीक्षण गर्दा ६ जना को कोरोना संक्रमण पुष्टि भएको हो, भने स्थानीय तहहरुले ६ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनाको नै रिपोर्ट पोजेटिभ आएको हो । जसमा घोराहीका ७ र तुलसीपुरका ५ रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।


अहिले संक्रमितहरुमध्ये एकसय २८ जना होम आईसोलेशनमा रहेका छन्, भने एचडीयुमा ३ र आईसियुमा १३ जनाको उपचार भइरहेको छ ।