दाङमा खोलाले स्कार्पिओ बगायो, मानवीय क्षति भएन

फाईल फोटो

तुलसीपुर,९ साउन । 
दाङमा एक खोलाले स्कारपिओ बगाएको छ । तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलाले बा ११ च ९५११ नम्बरको स्कारपिओ बगाएको हो ।

घोराही तर्फ जाँदै गरेको उक्त स्कारपिओलाई बिहान पौंने ११ बजेतिर बगाएको प्रहरीले बताएको छ । तर, त्यसमा चालक मात्रै सवार थिए ।


उनको उद्दार गरिसकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । गाडीलाई साढे १ बजेतिर निकालिएको हो ।

उक्त खोला भोजपुर हुँदै घोराही जाने बाटोमा पर्छ ।