प्रतिष्ठानमा न्युरो सर्जरी सेवा

तुलसीपुर, ३ चैत ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ । न्युरो सर्जन डा.उपमा शर्माका अनुसार आईतबारदेखि उक्त सेवा सुरु भएको हो ।

मेडिकल हबका रुपमा विकास गर्न प्रतिष्ठानले आफ्नो सेवा वृद्धि गर्दै यो सेवा सुरु गरेको रजिस्ट्रार प्रा.श्याम लम्सालले बताउनुभयो । यो सेवा सुरु भएसंगै अब अन्य जिल्ला धाउनु पर्ने अबस्था नरहने उहाँको भनाई छ ।


दाङको स्वास्थ्य क्षेत्रको बिकासमा प्रतिष्ठान मेरुदण्ड रहेको भन्दै यसको भौतिक पुर्बाधारदेखि सेवा बिस्तारमा अगाडी बढिरहेको उहाँको भनाई छ ।
साथै छिट्टै प्रतिष्ठानमा मुटु रोगको उपचारका लागि क्याथेल्याब मेसिन पनि ल्याउने तयारी भइरहेको छ । उक्त मेसिन आउनसाथ मुटु रोग विशेषज्ञ पनि ल्याएर सेवालाई थप मजबुत बनाउने उहाँको भनाई छ ।