दाङ जिल्लाका पानी उद्योगी संगठित

दाङ, ४ जेठ ।
दाङ जिल्लाका विभिन्न स्थानमा रहेका पानी उद्योगीहरु संगठित भएका छन् । जिल्लाभर रहेका पानी उत्पादकहरुले दाङ देउखुरी पानी उद्योग संघ स्थापना गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङमा बुधबार दर्ता भएको पानी उद्योग संघको दर्ता नं. १३८३ रहेको छ । संघका अध्यक्ष अनिल आचार्यका अनुसार उपभोक्तालाई गुणस्तरिय पानी उपलव्ध गराउनका लागि पानी उद्योगीहरुलाई संगठित गरिएको हो ।

नौ सदस्यीय संघका रारा प्रोसेसिङका तर्फबाट आचार्य अध्यक्ष हुनुभएको छ । यस्तै एस एम वि ड्रिकिङ वाटरका बिनोदकुमार चौधरी उपाध्यक्ष, ओम ड्रिकिङ वाटरका तर्फबाट नरेन्द्र वली सचिव, एन एम ड्रिकिङ वाटरका पारस न्यौपाने सह सचिव र डाइनामिक वाटरका टिकाजंग वली कोषाध्यक्ष हुनुहुुन्छ ।


संघका सदस्यहरुमा खेमराज वली, प्रकाश न्यौपाने, मानसिंह पुन र निर्मलकुमार भुषाल हुनुहुुन्छ । दुई सदस्य पछि थप गरिने र तीन जना सल्लाहकार समेत चयन गरिने दाङ देउखुरी पानी उद्योग संघका अध्यक्ष आचार्यले बताउनुभयो ।

दाङ जिल्लामा हाल करिव डेढ दर्जन पानी उद्योगहरु रहेका छन् । पानी उद्योगीहरुबीच व्यवसायगत सुसम्बन्ध र एकता कायम गर्न र यस काममा पर्न आउने समस्याका सम्बन्धमा समय समयमा अध्ययन र अनुसन्धान गर्ने गराउने, छलफल गर्ने र समाधानका लागि आवश्यक नीति र कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने, प्रशोधित पानीको खरिद बिक्री जस्ता कुराहरुका सम्बन्धमा व्यवसायी र ग्राहक दुवैलाई सो सम्बन्धी संभावित असुविधा र असुरक्षा आदि बारे अवगत गराउने र सचेत गराउने् लगायतका उद्देश्य राखेर संघ दर्ता गरिएको छ ।