तुलसीपुरमा नुहाउने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु

तुलसीपुर,४ जेठ ।
दाङको तुलसीपुरमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी गाउँपालिका ६ घर भै हाल तुलसीपुर उपमहानगरपालिका १७ बस्ने तिलसरी बोहराको १० वर्षिय छोरा बसन्त बोहरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।


हिजो बुधबार बेलुका तुलसीपुर उपमहानगरपालिका १७ बघौसी स्थित हापुरखोलामा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको हो । नुहाउने क्रममा खोलामा डुबेर अचेत अवस्थामा फेला परेका बसन्तको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।