शिक्षा अधिकृतलाई दुर्ब्यबहार गर्ने कांग्रेसबाट निर्बाचित वडा सदस्य धरौटिमा छुटे

दाङ, १३ साउन ।
जिल्ला प्रहरी कार्यालय दाङले पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको निर्वाचनका क्रममा घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत कर्मचारी अजय बोहरालाई दुर्ब्यबहार गर्ने घोराही १५ का वडा सदस्य उत्तम बुढाथोकीलाई अदालतले धरौटिमा रिहा गरेको छ । दाङ जिल्ला अदालतले आज भएको थुनछेक बहसमा ५० हजार धरौटि राखेर छोड्न आदेश गरेको हो ।


अदालतको आदेशपछि बुढाथोकी छुटेका छ्न । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलाशले वडा सदस्य बुढाथोकीलाई धरौटि राखेर छाड्न आदेश दिएका हुन । बुढाथोकी कांग्रेसबाट निर्बाचित वडा सदस्य हुन ।