गर्भपतनको औषधी बेच्ने तुलसीपुरका एक मेडिकल सञ्चालक पक्राउ

तुलसीपुर १० फागुन ।
गर्भपतनको औषधी मनोमानी रुपमा बेचेको भन्दै तुलसीपुरबाट एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार  गैरकानुनी तरिकाले गर्भपतनको औषधी विक्री गरेको भन्दै तुलसीपुर ५ नामीनगरमा रहेको स्टार मेडिकल हलका सञ्चालक ताराप्रसाद खड्कालाई पक्राउ गरिएको हो ।


डाक्टरले प्रतिवेदन लेखेर डाक्टरकै निगरानीमा गर्भपतनको औषधी प्रयोग गर्न दिनुपर्ने हो । तर, मेडिकलले एक महिलालाई मनोमानी औषधी दिएको कुरा आफूकहाँ आएपछि पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । उनलाई आज पक्राउ गरिएको हो ।

अस्पताल, मेरिस्टोप्स सेन्टर बाहेक मेडिकलबाट गर्भपतनको औषधी बेच्न मिल्दैन् ।