
तुलसीपुर, १८ साउन ।
दाङको तुलसीपुर स्थित मानवीया एजुकेशनल कन्सलटेन्सीले चौथो वार्षिक उत्सव मनाएको छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर देवराज मल्लका अनुसार अहिलेसम्म करिब पाँच सय बढिलाई जापान पठाएको छ । विद्यार्थी र कामदार भिषामा यसरी जापान पठाउने गरेको छ । अहिले कामदार भिषामा मात्रै पठाउने गरेको उनको भनाई छ ।
अहिले विशिष्ट सीपमा दक्ष कामदार(एसएसडब्लु) मा जापान पठाउने कार्य गरिरहेको मल्लले बताए । पछिल्लो समय युवाहरु विदेश जाँदा भाषा, शिपले दक्ष भएर गएमा काम गर्न सजिलो हुने उनको भनाई छ ।
विद्यार्थीहरुका लागि काम गर्न सहज वातावरण मिलाउनका लागि जापानको टोकियो, नागोया, ओसाका लगायतका सहर र काठमाडौंको पानीपोखरीमा आर.डी ग्लोबल लिंक कम्पनीसंग सहकार्य गरेर विद्यार्थीहरुलाई पढाउने र जापान पठाउने गरेको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि गोरखा मावि तुलसीपुरका शिक्षक बामदेव सापकोटाले सकारात्मक सोचर राखेर अगाडी बढेमा सफल भइने बताए । उनले पास भएका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै ध्यान दिएर पढ्न र सिप सिकेर अगाडी बढ्न सुझाव दिए ।
त्यस्तै एजुकेशन म्याटरका सञ्चालक डम्बर बुढाथोकीले नेपाली विद्यार्थीहरुले भाषा सिकेर विदेश गएमा काम गर्न सहज हुने बताए । भाषा नजान्दा धेरै नेपालीले दुःख पाउने गरेको समेत उनले बताए ।
त्यस्तै समाजसेवि मोहनलाल ओलीले युवामा विदेश मोह बढ्दै गएको बताए । उनले केहि वर्षका लागि विदेश गएपनि फेरी नेपाल आएर त्यहाँ सिकेको सिपलाई काममा लगाइ आफ्नो आय आर्जनसंग जोड्न आग्रह गरे ।
कार्यक्रममा कुमाख कलेजका सञ्चालक तुफान केसी, समाजसेवी आशिष मल्ल, लालबहादुर खत्री, हिरा खड्का, नेबबहादुर रोका, गंगा खाण, नेपबहादुर खाण, शालिकराम विक, शिवप्रसाद शर्मा, खगेन्द्रप्रसाद सुवेदी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
त्यस क्रममा जापानीज भाषा प्रशिक्षक श्यामलाल रेउलेले पास भएका ११ जना विद्यार्थीहरुले धेरै मेहनत गरेर अगाडी बताए । छोटो समयमा पढेर विद्यार्थीहरुले उत्कृष्ट नतिजाहरु ल्याएको भन्दै बधाइ ज्ञापन गरे । मानवीया एजुकेशनल कम्पनीका म्यानेजिङ डाइरेक्टर देवराज मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रमा नेपालीले गरेकी थिइन ।



लाइभदाङ । १९ श्रावण २०८२, आईतवार २१:०३ बजे