दंगीशरणमा दुई दिने अर्धवार्षिक समिक्षा गोष्ठि

प्रमोद आचार्य
दंगीशरण, ४ चैत ।
दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा हेकुलिको आयोजनामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाको लागी २ दिने अर्धबार्षिक समिक्षा गोष्ठी स्वास्थ्य चौकि हेकुलिमा सम्पन्न भएको छ ।

२ दिनसम्म संचालित समिक्षा गोष्ठीमा स्वयंसेवीकाहरुले आ–आफ्नो वडाको कार्य विवरण तथा आफ्नो वडाको स्वास्थ्य अबस्था प्रस्तुत गरीएको थियो । समिक्षा गोष्ठीमा बोल्दै पालिका अध्यक्ष गिरीले समिक्षा भन्ने शब्द आफैमा आफुले गरेको कामको उपलब्धि के कती भयो भन्ने कुराको लेखाजोखा गर्ने थलो भएकाले पनि आफुले गरेको कार्यको सहि रेकर्ड राख्न आग्रह गर्नुभयो ।


स्वास्थ्य सेवाको जगको रुपमा स्वयंसेवीकाहरुको भुमिका सराहनीय रहेको बताउनुभयो । यस्तै दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले स्वास्थ्यको सुचक बढाउन अनवरत लागी रहनु भएका स्वयंसेवीकाहरु प्रती सम्मान ब्यक्त गर्नुभयो ।

यस्तै स्वास्थ्य शाखा हेकुलिका प्रमुख प्रल्हाद चौधरीले दैनिक रुपमा आफुले गरेका कामको नियमित रेकर्ड राख्न सुझाब दिनुभयो ।समिक्षा गोष्ठी गाउँपालिका अध्यक्ष शम्भु गिरीको सभापतित्वमा भएको थियो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक प्रदिप योगीले गर्नुभएको थियो ।