दाङमा वेपत्ता भएकि १३ वर्षीया बालिका फेला

तुलसीपुर, ७  फागुन ।
दाङ तुलसीपुरको बाहिनी चोकबाट वेपत्ता भएकी बालिका फेला परेकी छिन् । आइतबार बिहान ९ बजेबाट हराइ रहेकी भनिएकी तुलसीपुर उपमहानगरपालिका– ५ निवासी १३ बर्षीया बालिका बिपना वली तुलसीपुरको सुकौरामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए ।


बालिका गएराती तुलसीपुर उपमहानगरपालिका – ११ का एक स्थानीयको घरमा सुरक्षित साथ राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी तुलसी बोर्डिङ स्कूलमा कक्षा ६ अध्ययरत छिन ।