तुलसीपुर,२९ बैशाख ।
सुनचाँदी ब्यबसायीको पेशा आर्थिक मन्दीका कारण संकट परेका बखतमा पनि बिपन्न समुदायका बालबालिकालाई पोशाक,ब्याग र शैक्षिक सामाग्री वितरण गरेको छ । ज्ञान ज्योति आधारभूत विद्यालय तुलसीपुरका ५ जना बालबालिकालाई ब्याग,पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको तुलसीपुर दाङ सुनचाँदी ब्यबसायी संघका महासचिब तुलसीराम सुनारले बताउनुभयो ।
अधिकासं दलीत तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने ज्ञान ज्योतिमा ४ सय ५० बढि बालबालिकाहरु छन्। ती मध्ये ५ जना सबैभन्दा बढि बिपन्न तथा दलित समुदायकालाई विद्यालयले छनौट गरेको हो ।
सुनचाँदी ब्यबसायी संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षता एवम मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतको प्रमुख आतिथ्यमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो ।
सो अवसरमा सम्बोधन गर्नुहुर्दै बस्नेतले बैज्ञानिक शिक्षामा जोड दिनुभयो । बैज्ञानिक शिक्षा जिवन उपयोगी शिक्षा भएको चर्चा गर्नुहुदै प्राविधिक शिक्षाका पाठ्यक्रम बनाईनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,नैतिक शिक्षामा कमि हुदा समुदायमा विभिन्न घटनाहरु हुने गरेका छन् । आचरण ब्यबहारमा परिवर्तन गर्न आधारभूत विद्यालयदेखि नै नैतिक शिक्षा बालबालिकाहरुका लागि आवश्यक रहेकोमा जोड दिनुभयो ।
सो अवसरमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि बिक,नेपाल सुनचाँदी ब्यबसायि महासंघका केन्द्रिय सदस्य लोकबहादुर सुनार,संघका लुम्बिनी प्रदेश सदस्य मदन केसी,उक्त विद्यालयका प्रधानाध्यापक लेखराज रिजाल, सहायक प्रधानाध्यापक मेघराज घिमिरेले सामुदायिक विद्यालयको वर्तमान अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य संघका सदस्य लिलाबहादुर वली र सहजिकरण महासचिब तुलसीराम सुनारले गर्नुभएको थियो ।
लाइभदाङ । २९ बैशाख २०८०, शुक्रबार १६:२२ बजे