संविधानको धारा ५६ कुनै पनि हालतमा संसोधन हुनुपर्छ : थरुहट थारुवान मोर्चा

तुलसीपुर, ३ असोज । सरकारले देशभरि खुसियाली साटेर संविधान दिवस मनाउन आह्वान गरे पनि थारुहरुले यस दिनलाई कलो दिनको रुपमा मनाउँदै आएका छन्। संविधानमा आफ्ना धेरै अधिकारलाई वञ्चित गरिएको थारुहरुको आरोप छ।

थारुहरुको प्रमुख असन्तुष्टि प्रदेशको सीमांकनमा हो। प्रदेशको सीमांकन एकदमै एकपक्षीय भएको उनीहरुको आरोप छ । थारुहरुको साझा भनाइ छ‘प्रदेशको सीमांकन कथित उच्च जाति, बाहुन क्षेत्रीहरु बहुमतमा हुनेगरी गरिएको छ।’ थारुहरुको सघन क्षेत्रलाई खण्डित गर्नेगरी सीमांकन गरिएको छ। यो सीमांकन एकदमै विभेद्पूर्ण, अवैज्ञानिक र अव्यवहारिक छ।

त्यस्तै थारुको अर्कोे असन्तुष्टि समानुपातिक समावेशी रोजगारीको हकमा छ। त्यस्तै विभिन्न संवैधानिक आयोगहरुमा कर्मचारी नियुक्ति गर्दा समानुपातिक समावेशी नियुक्ति गरिनेछ भनिएको थियो। जुन सहमति भएको कुरा पनि थयो। तर अन्तिम समयमा त्यो हटाइयो । यस्ता धेरै कुरा नयाँ संविधानमा समेटिन सकेको छैन।
यहाँका थारु आदिवासी दलित र मुस्लिमहरुको प्रतिनिधित्व र अधिकार कटौति गरेर उच्च जातिकै पक्षमा उनीहरुकै हालीमुहाली बनाउनेगरी एकपक्षीय रुपमा ब्रह्मणवादी संविधान बनाइएको थारुहरुको आरोप छ।

संविधानमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले पनि विभिन्न धारामा असन्तुष्टि जनाएको छ। संविधानको धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ मा आपत्ति रहेको मोर्चाको भनाइ छ। धारा १८ मा देखावटीरुपमा सबैलाई सम्बोधन गर्न खोजे पनि सामाजिक र साँस्कृतिकरुपले पिछडिएको मात्र उल्लेख गरेको मोर्चाको आरोप छ। मोर्चा चाहन्छ‘सामाजिक र साँस्कृतिकरुपले मात्रै पछाडि पारिएका छैनौं। धारा १८ मा आर्थिक, राजनीतिक र ऐतिहासिकरुपले हामीलाई पछाडि पारियो भन्ने शब्द उल्लेख गरिनुपर्छ।’


त्यस्तै धारा ३८ मा मोर्चाको माग छ‘महिलाले पाउने आरक्षण प्रतिशतको आधारमा छुट्याइयोस्। जस्तै थारु महिलाको प्रतिशत, मुस्लिम महिलाको प्रतिशत, आदिवासी महिलाको प्रतिशत, मधेसी महिलाको प्रतिशत छुट्टाछुट्टै पमा व्यवस्था गर्न जरुरी छ।

त्यस्तै धारा ४२ मा मोर्चाको माग छ‘पहिचान र उत्पतीको ऐतिहासिक पृष्ठभूमीलाई समेटेर धारा ४२ संशोधन हुनुपर्छ। त्यस्तै धारा ५६ ले राज्यको संरचना, संघ, प्रदेश र स्थानीय सरकारको व्याख्या गरे पनि पहिलो संविधानसभाले बनाएको आयोगको सल्लाह सुझावलाई बेवास्ता गरेको मोर्चाको आरोप छ। मोर्चा भन्छ’हामी सात प्रदेश मान्न तयार छैनौं। यसले हामीलाई अल्पमतमा पारेको छ।

शासकहरुको यो निर्णयले हाम्रो समुदायलाई तितर बितर बनाएको छ। हाम्रो प्रश्न के हो भने संयुक्त क्षेत्र, स्वसाशित क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्रहरुको किटान धारा ५६ मा जानाजान र नियतबशले लेखिएन। त्यसैले यो धारा संशोधन हुनुपर्छ। ७ वटा प्रदेशलाई बढाएर कतिसम्म लैजान सकिन्छ, सरोकारवाला पक्ष, आन्दोलनकारी पक्ष, आदिवासी जनजाति, मुस्लिम, दलितलगायत पक्षसँग छलफल, बहस र सम्बाद राज्यले सुरु गर्न जरुरी छ। धारा ५६ जुनसुकै हालतमा संशोधन गरिनुपर्छ भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चा जिल्ला कार्यसमिति दाङले यस प्रेश विज्ञप्ती मार्फत विरोध जनाएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'