गार्ई बध गरेका अर्का प्रतिबादी पक्राउ

तुलसीपुर
२० साउन / दाङमा गाईलाई बध गरेका  अर्का प्रतिबादी पनि पक्राउ परेका छन् ।

दाङ देउखुरी जिल्ला अदालतले २०७७ साल माघ २० गते गौबध मुद्दामा एक वर्ष ६ महिना कैद सजाय फैसला भएर फरार रहेका घोराही ५ धर्ना निवासी १९ वर्षीय बिमल बिटालुलाई पक्राउ गरिएको हो ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार मंलबार दिउँसो साढे ३ बजेतिर पक्राउ गरिएको हो ।

घोराही उपमहानगरपालिका ५ मा लुकीछिपी बसिरहेको अबस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनलाई बुधबार अदालतमा बुझाइएको छ । मंगलबार मात्रै अर्का एक जना गौवधका फरार प्रतिबादी पक्राउ परेका थिए ।