सुवेदी दाङ निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार

निराश पान्डे
शान्तिनगर, १५ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टीले युबा अधिकार कर्मी कमल सुवेदीलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाएको छ ।

पार्टीले उम्मेदवार बनाइ सके पछि सुवेदी आफ्नो निर्वाचन क्षेत्रको विभिन्न ठाउँमा गइ मतदाताहरुसंगको भेटघाटलाई तिब्रता दिएका छन् । सुबेदीले राज्यका नीति निर्माण एवं नेतृत्व तहमा युबाहरुको अर्थ पुर्ण एवं सार्थक सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न राजनितिमा होमिएको बताउदै कांग्रेस र एमाले लगाएत अन्य पार्टीले देशमा धेरै बर्ष शासन सत्ता चलाएता पनि आम नागरिकको जीवन स्तर माथि उठन नसकेको र देशमा ब्याप्त भ्रष्टाचार मौलाएको हुनाले अब जनताले यी पार्टीलाई आउदो मंसिर ४ गतेको निर्वाचनमा भोट नहाली राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हालेर भ्रष्टाचार मुक्त समाज निर्माणमा सहयोग पु¥याउन सबैमा अनुरोध गरेका छन।


सुवेदी त्रिभुवन विश्व विद्यालयबाट राजनिती शास्त्रमा स्नातकोत्तर गर्नुको साथै क्यानडाबाट सेन्ट फ्रान्सिस जेभिएर सिटि डेभलपमेन्ट लिडर सीप कोर्समा डिप्लोमा गरेका छन।त्यसै गरि सुवेदी युबा राष्ट्रिय गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रिय अध्यक्ष भइ एक दसक काम गरिसकेका छन् । उनले आफ्नो आमाको नामबाट एम्बुलेन्स संचालन र बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक छात्रवृती समेत प्रदान गर्दै आएका छन् ।

२०६० मा असल शासन क्लबबाट आफ्नो सामाजिक क्षेत्रको यात्रा सुरु गरेका सुवेदी रेडियो हापुरेका संस्थापक अध्यक्ष समेत हुन् । सुबेदीले युबा उद्यमशीलता, रोजगारी , दिगो विकास, जैविक विविधता , जलवायु परिवर्तन एबं वातावरण संरक्षण तथा बिपद ब्यबस्थापन मुद्दामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व दायी भुमिकामा रहेर काम गरि सकेका एक सामाजिक अभियन्ता हुन ३५ वर्षिय सुवेदी दंगीशरण गाउँपालिका वडा नम्बर ४ मौली निवासी हुन।